नबिल बैंकद्वारा युनियनपे इन्टरनेसनलको क्यूआर कोड पेमेन्ट सर्भिस शुरु

0
Shares

काठमाडौं, (नेस)
नबिल बैंकद्वारा युनियनपे इन्टरनेसनल र रोजगारी सर्भिसेज प्रालिस“गको समन्वय तथा सहकार्यमा युनियनपे इन्टरनेसनल क्यूआर कोड पेमेन्ट सर्भिस शुरु भएको छ । नबिल बैंक अन्तर्र्रािष्ट्रय भुक्तानी प्रणाली युनियनपे इन्टरनेशनल र रोजगारी सर्भिसेज प्रालिबीच सहकार्य भई भुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञतालाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा गठबन्धनले जोड दिने बताएको छ ।

रोजगारी सर्भिसेज प्रालिले नबिल बैंकको लागि देश भरि नै नेटवर्क सेवा विकास तथा विस्तार गर्नेछ जस मार्फत ग्राहकहरुले आफ्नो मोबाइलमार्फत क्यू आर कोडको प्रयोग गरी सजिलैसँग भुक्तानीे प्रक्रिया गर्न सक्नेछन् ।
नेपालमा पहिलोपटक शुरुवात गरिएको क्युआर मर्चेन्ट सिस्टममार्फत क्युआर कोडको प्रयोग गरी नबिल बैंकस“ग आबद्ध नेपाली व्यवसायीले विद्युतीय सेवामार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्री तथा भुक्तानी लिन सक्नेछन् ।

क्युआर कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) हो । बारकोड मेशिनद्वारा सजिलै पहिचान गर्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ ।

कोड प्रणालीमार्फत उपभोक्ताले व्यापारीक बिक्री केन्द्रमा रहेको क्युआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरी आफूले रोजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा पीओएस टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन ।

‘यो सेवाले नेपालमा डिजिटल बैंकिङलाई बढावा दिन कोशेढुंगा साबित हुने विश्वास राखेका छौं । साथै नेपालमा डिजिटल बैंकिङ विकास र आफ्ना ग्राहकलाई अभिनव भुक्तानी सेवा प्रदान गर्नकँ लागि हामी भुक्तानीको विषयमा निरन्तर कार्य गरिरहेका छौं र गरिरहने छौं । यो समन्वय तथा साझेदारीले नेपालको बैंकिङ सेवामा यस सेवालाई देशभरीनै अझ माथिल्लो तहमा विस्तार हुनलाई वातावरण निर्माण गर्नेमा विश्वास गर्दछौं ।’ यो सम्झौताको बारेमा बोल्दै नबिल बंैकका नायब प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनालले बताउनुभयो ।

नेपालमा नबिल बैंक भिसा इन्टरनेशनल, मास्टर र्काड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको मुख्य सदस्य हो र यसले डेबिट, प्रिपेड, क्रेडिट कार्डहरु जारी गर्दछ ।