धान उत्पादनमा वृद्धि

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
पर्सामा यो वर्ष धानको उत्पादनमा वृद्धि भएको छ ।
गत वर्षको तुलनामा ९ दशमलब १२ प्रतिशतले यो वर्ष जिल्लामा ४५ हजार हेक्टर क्षेत्रमा गरिएको धान खेतीमा औसत ५ दशमलब ५ मेट्रिक टन प्रतिहेक्टर दरमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिनुभयो । आकासे पानीका भरमा धेरैजसो क्षेत्रमा खेती हुने गरेकाले अघिल्लो वर्ष मौसमले साथ नदिँदा धान उत्पादन प्रतिहेक्टर ४ दशमलब ४ मेट्रिक टन मात्र थियो।

‘रोपाई भएदेखि नै समय समयमा वर्षा भइराख्यो, बाढी आएन र खरेडी पनि परेन,’ यादवले भन्नुभयो,‘मौसमले यसपाली धान खेतीलाई साथ दिएका कारण धान उत्पादन राम्रो भयो।’ उहा“का अनुसार अघिल्लो वर्ष समग्रमा पर्सामा करिब दुई लाख आठ हजार दुई सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यो वर्ष दुई लाख २७ हजार दुई सय ५० मेट्रिक टन धान उत्पादन भएको छ।

यसपालि प्रतिकट्ठा खेतमा अढाईदेखि साढे तीन मनसम्म धान उत्पादन भएको किसान बताउ“छन्। एक मनमा ४० किलो हुन्छ । ‘पानी अभावले रोपाई ढिलो भयो। धानका गेडा केही कमजोर छन् नभए यसपालि अझ बढी धान हुने थियो,’ पर्साको सिबर्वाका किसान रामएकवाल कुर्मीले भन्नुभयो, ‘उब्जनी घटेको भने छैन। धान ठिकै भयो, भाउ पाइयो भने मात्र किसानलाई फाइदा हुन्छ।’ गएको आर्थिक वर्ष ०७५र७६ मा जिल्लामा ४५ हजार हेक्टर क्षेत्रमा धान खेती भएकामा अघिल्लो आव ०७४र७५ मा ४५ हजार तीन सय ५० हेक्टरमा धानखेती भएको थियो। ४ दशमलब ९ प्रतिशतले धान खेतीको क्षेत्र घटेको तथ्यांक रहेको यादवले बताउनुभयो ।