ऊर्जा क्षेत्र सहकार्य गर्न अष्ट्रियाले प्रस्ताव पठाउँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रियाले औपचारिक प्रस्ताव पठाउने भएको छ । नेपालका लागि अष्ट्रियाका आवासीय राजदूत ब्रिगेट्टी ओपिनगेर वाल्चसोफरले ऊर्जा, जलस्रोत तथा सि“चाईमन्त्री वर्षमान पुनसं“ग भेटवार्ता गर्दै सो जानकारी दिनु भएको हो ।

अष्ट्रियाको जलविद्युत् क्षेत्रमा काम गरिरहेको निजी कम्पनी एण्ड्रिजको ‘कस्टमर डे ’को अवसरमा आयोजित कार्यक्रमपछि ऊर्जामन्त्री पुनलाई भेट्दै उहा“ंले अष्ट्रिया नेपालको ऊर्जा क्षेत्रका लगानी र अनुभव आदान–प्रदान गर्न इच्छुक रहेको धारणा राख्नुभएको हो । त्यसका लागि नेपाल सरकारलाई औपचारिक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको उहा“ंको भनाइ थियो ।

मन्त्री पुनसं“ग बुधबार अष्ट्रियाको ट्रान्सपोर्ट र प्रविधि मन्त्रालयका आसियन र बिमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरबीच पनि भेटवार्ता भएको छ। भेटमा निर्देशक मिचेलले ऊर्जा क्षेत्रमा औपचारिक सम्बन्ध स्थापना गर्न अष्ट्रिया इच्छुक भएको धारणा राख्नुभएको थियो ।

‘नेपालमा जलविद्युतको ठूलो सम्भावना छ, हामी यहा“को जलविद्युतमा लगानी गर्नुका साथै प्रविधिमा समेत सहयोग गर्न चाहन्छौ ।’ भेटमा क्षेत्रीय निर्देशक मिचेलले भन्नुभयो ।

उहा“ले अष्ट्रिया सरकारले नेपालसंग औपचारिक रुपमा सहकार्यको लागी प्रस्ताव पठाउने जानकारी समेत दिनुभयो । उहाले भन्नुभयो ‘हामी हाम्रो अनुभव नेपालसंग बाड्न चाहन्छौ, त्यसका साथै नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी पनि हामी इच्छुक छौं ।’

जवाफमा उर्जामन्त्री पुनले जलविद्युतमा अष्ट्रीयाको प्रविधी संसारमै निकै चर्चित रहेको भन्दै नेपालमा पनि अष्ट्रीयन कम्पनीहरुले काम गरिरहेको भन्नेमा आफू जानकार रहेको बताउनुभयो । उहा“ले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै नेपालमा लगानीका लागी उपयुक्त वातावरण भएको धारणा राख्नुभयो । नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले त्यसका लागी सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री पुनले उर्जा क्षेत्रमा सहकार्य गर्ने अष्ट्रियाको प्रस्तावमा आफु सकरात्मक भएको भन्दै छिट्टै औपचारीक तहवाट सहकार्यसम्बन्धी छलफल अगाडी बढाउने जानकारी दिनुभयो ।