चिसो बढेस“गै विद्युतको उत्पादन घट्यो

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा चिसो बढेस“गै हिमनदीमा पानीको बहाव कम हुन थालेको छ । त्यसको प्रत्यक्ष प्रभाव विद्युत उत्पादन मा परेको छ । चिसो बढेस“गै मध्यमस्र्याङ्दीको विद्युत उत्पादन घटेको हो ।

लमजुङको उदीपुर स्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रबाट चिसो बढेर नदीमा पानीको चाम कम भएस“गै क्षमताभन्दा निकै कम विद्युत उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताउनुभयो । उहा“का अनुसार बर्षा याममा दुवै टर्बाइन खुल्ला छोड्दा ७२ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट यतिबेला भने दैनिक औसत ४६ मेगावाट विजुली मात्रै उत्पादन हुने गरेको छ ।

उक्त जलविद्युत् केन्द्रमा राति र दिउ“सो एउटा टर्बाइन बन्द गरी एउटा टर्बाइन (३५ मेगावाट) मात्रै सञ्चालन गर्ने गरिएको गौतमको भनाई छ । उहाँका अनुसार दिउ“सो २ देखि ३ घण्टा र राति ३ देखि ४ घण्टाको समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गर्ने गरिएको छ ।

यसपटकको हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्न सक्ने स्थिति उत्पन्न भएको छ । उहा“ले भन्नुभयो, ‘गत वर्ष औसत २७ मेगावाटसम्म उत्पादन भएको थियो । यो वर्ष झन् घट्ने देखिएको छ ।’ कारण मनाङमा गत वर्ष पुसको १५ गतेपछि मात्र हिउ“ परेको थियो भने यो वर्ष हिउ“ परिसकेको छ ।

विजुली कम उत्पादन भएपछि हुन सक्ने असरलाई ध्यानमा राख्दै ‘राती र दिउ“सोको पानी जम्मा गरेर साँझ–बिहान पिक आवरमा ७० मेगावाट नै उत्पादन दिने तयारीमा छौ ।’ गौतम भन्नुहुन्छ ।

सोही नदीमा निर्माण गरिएको अर्को माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि पानीको बहावमा कमी देखिएको छ । यसअघि पानी छोडेर पुरै क्षमतामा विद्युत् उत्पादन गरिरहेको आयोजनाले अहिले पूरै पानी बन्द गरेर सुरुङमार्फत विद्युत् उत्पादनका लागि पठाएको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले बताउनुभयो ।

उहा“का अनुसार यतिबेलासम्म तत्कालै आयोजनाको विद्युत् उत्पादन नघटेको तर पानी नदीको पानी पुरै विद्युत् निकाल्न प्रयोग गरिएको छ । मंसिर पछि पानी नपुग हुन सक्ने देखिएको उहा“को भनाई छ । सो आयोजनाको विद्युत उत्पादन क्षमता ५० मेगावाट रहेको छ ।