अर्जुन बोहरा, हुम्ला
प्रसुति गृहमा बच्चा जन्माउने सुत्केरी आमा लाई दिईने सुत्केरी भत्ताको बजेट अपुग भएको भन्दै पछि दिने आश्वसन दिँदै उधारोमै छोडने गरेका छन । बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा सुत्केरी आमालाई एक हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिने सरकारले व्यवस्था गरेको छ । तर गएको साउन महिना यता हुम्लाकी सुत्केरी आमाहरूले भने भत्ता पाएका छैनन् ।
बजेट अपुग आएकोले सबै सुत्केरी लाई दिन नसकिएको स्वीकार गर्दै सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । माथि बाटै बजेट अपुग आएको हुनाले सुत्केरी भत्ता उधारो राखेका छौँ र पछि आए पछि वितरण गर्ने संयोजक धामीले बताए ।
सर्केगाड गाउँपालिका –१ जैरकी मन्दिरा बुढा गर्भवती भएपछि नियमित स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराईन । बर्थिङ सेन्टरमा बुढाले बच्चा जन्माईन ,तर घर फर्किने वेला स्वास्थ्यकर्मीले अहिले पैसा छैन पछि लग्नु होला भन्दै घर र्फकाए । जेठमा बच्चा जन्माएकी बुढाले मंसिर सम्म पटक–पटक बर्थिङ सेन्टर पुगिन तर सुत्केरी भत्ता नपाएको बाताईन् ।
आर्थिक वर्ष ०७४÷०७५मा सर्केगाढमा गाउँपालिकाका पाँच बर्थिङ सेन्टरमा १ सय ८० सुत्केरी आमाले बच्चा जन्माएका थिए । उनीहरूमध्ये एक सय आमाले मात्रै सुत्केरी भत्ता पाएका छन भने ८० जना सुत्केरी आमालाई भत्ता दिन नसकिएको स्वास्थ्य संयोजक धामीको बताए ।
गत आर्थिक वर्षको बजेटमा हिमाली जिल्लाका बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा एक हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था गरिएको थियो । यस आर्थिक वर्षमा सरकारले सुत्केरी भत्ता बढाएको छ । हिमाली जिल्लामा तीन हजार रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था समेत गरेको छ । जिल्ला भरिका स्वास्थ्य संस्थाबाट पाउनुपर्ने सुत्केरी भत्ता पछिल्लो समयमा रोकिएको स्वास्थ्य संस्थाले जनाएका छन् । सुरक्षित मातृत्व सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भए पनि यसलाई व्यवस्थित गर्न नसक्नु सरकारी कमजोरी रहेको स्वाथ्यकर्मिले बताएका छन ।











प्रतिक्रिया