मासुपसलमा अनुगमन

0
Shares

काठमाडौंं(नेस)।काठमाडौं महानगरपालिका–३ ले महाराजगञ्जस्थित राष्ट्रपति निवास आसपास क्षेत्रमा सञ्चालित मासु पसलको अनगुमन भएको छ ।
बुधबार बिहान महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा श्रेष्ठ खड्गी, वडा ३ का अध्यक्ष दीपक केसी, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्तासहितको टोलीले मासु पसलको अनुगमन गरेको हो ।

अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले तथ्य थाहा पाउन पहिले अवस्था अवलोकन गरिएको बताउनुभयो । हेर्नु पर्ने धेरै चीज छन् । पहिले हामी आवश्यकता र अवस्था कस्तो छ, पत्तला लगाउँछौं । त्यसपछि मात्र वास्तविक अनुगमन हुन्छ, उपप्रमुखको भनाइ थियो ।
थानीय मासु बजारको अवस्थामा जानकारी गराउँदै वडाध्यक्ष केसीले वडा ३ क्षेत्रमा भएका मासु पसलहरुको अवस्था कमजोर छैन तर सुधार गर्नु पर्ने अवस्थामा छन् ।

अनुगमनको क्रममा पशुसेवा विभागका प्रमुख भण्डारीले महानगरले मासुको स्वच्छताका लागि गरेको यो नै पहिलो अनुगमन होइन, यस अघि भएका प्रयासलाई संस्थागत गर्ने जानकारी गराउनुभयो ।

अनुगमनमा क्रममा पानीपोखरीबाट अघिल्लो घुम्तीबाट वडा कार्यालय मुल सडक दायाँबायाँका पसलका व्यापारीलाई भेटेर कुरा गरिएको थियो भने सञ्चालित पसलको अवस्था हेरिएको थियो ।

वडामा दर्ता भए नभएको, पशु पंक्षी बध गर्ने तरिका र स्थान, त्यस क्रममा निस्किएको फोोर व्यवस्थापन, मासु प्रशोधनको तरिका, भण्डारण क्षमता र तरिका पसल अनुगमनमा क्रममा हेरिएका थिए । त्इस्तै त्यस क्षेत्रमा पर्ने फलफुल तरकारी, किराना पसलबाट विक्री हुने सामान, तिनको गुणस्तरीयताका विषयमा व्यापारीसँग सोधपुछ गरिएको थियो ।