मालपोत कार्यालयमा बिचौलिया फष्टाए

0
Shares

नुवाकोट ।
जिल्ला मालपोत कार्यालयमा नुवाकोटमा पछिल्लो समय बिचौलिया फष्टाउन थालेका छन । कार्यलयमा कर्मचारी अभाबका कारण बिचौलीयाहरु फष्टाउन थालेका छन ।

कार्यलयमा बिचौलीया र लेखापढी व्यवसायीको दादागिरी बढेको मालपोत कार्यलयका प्रमुख बुद्धिलाल श्रेष्ठले समेत आफै स्वीकार गरेका छन । आइतबार अन्तराष्ट्रिय भ्रष्टचार बिरुद्धको दिवसको अवसरमा बिदुरमा आयोजित कार्यक्रममा श्रेष्ठल कार्यलयमा कर्मचारीको अभावले बिचौलियार र लेखापढी व्यवसायीको दादागीरी बढेको स्वीकार गरेका छन । उनले कर्मचारी अभाबले गर्दा काम गर्न नसकेकोले लेखापढी ब्यबसायीहरुको सहायताबाट कार्यालयको काम सम्पादन हुँदै आएकोृ बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले भ्रष्टाचार नियन्त्रण तथा कार्य सम्पादनमा सबै नागरिकह्रु प्रतिबद्ध रहन आग्रह गरे । सिडीयो थापाले पैसाको लेनदेन मात्रै भ्रष्टाचार नभएको भन्दैे पदिय दुरुपयोगको अबस्था नुवाकोटमा भयावह रहेको बताए ।

कार्यक्रममा बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले सबै क्षेत्रमा भ्रष्टाचार मौलाउदै गउको बताउदै नागरिक समाज शक्रिय हुनु पर्नेमा जोड दिए । मेयर पण्डितले कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई खबरदारी गर्ने अधिकार नागरिक समाजको रहेको बताउदै सबैले सहयोग गरेमा भ्रष्टाचार नियन्त्रण केही कमी आउने बताए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्र बहादुर पण्डितले सरकारी कार्यालय र बिकासे अड्डाहरुमा धेरै भ्ष्टाचार रहेको भन्दै त्यस तथफर्ल सबै लाग्नु पर्ने बताए । कार्यक्रममा सरोकारवाला निकायहरुले भ्रष्टाचार बढि हुने कार्यालयको रुपमा जिल्ला मालपोत कार्यालय, नापी कार्यालय लगायत रहेको भन्दै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध हुन आग्रह गरेका छन् ।

सर्वसाधारणको मुख्य भीडभाड हुने नुवाकोटको मालपोत कार्यालयमा अनलाइन सेवा सुरु गरिए पनि आवश्यक जनशक्तिको अभावमा सेवा प्रभावित भएको छ ।

सर्वसाधारणकै सुविधाका लागि कार्यालयमा अनलाइन सेवा सुचारु गरिए पनि दक्ष कर्मचारीको अभावमा उनीहरूले समयमै सेवा पाउन सकेका छैनन । कार्यालयले आफूमातहत हुने सबै काम अनलाइनबाटै सुरु गरे पनि कार्यालयमा कर्मचारीको अभाव र अनलाइन सञ्चालन गर्न जान्ने कर्मचारीको अभाव हुँदा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन ।