प्रमुख पर्वमा खोई बिदा सरकार ?

0
Shares

सलिम अन्सारी,प्युठान।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् सरुमारानी गाउंपालिका समितिले सरकारले आदिबासी जनजातिको प्रमुख चाडमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आज ज्ञापन पत्र बुझाएका छन ।

सरुमारानी गाउपालिका उपअध्यक्ष मिना कुमारी सोमै समक्ष ज्ञापनपत्र पेश गर्दै उनिहरुले सरकारले कटौती गरेको सार्वजनिक बिदा यथाशिघ्र पुर्नस्थापित गर्न माग गरेका हुन। आदिबासी जनजाति समुदायको तमू ल्होसार, सोनम ल्होछार, ग्याल्बो ल्होसार, माघी÷मागे सक्रान्ती जस्ता प्रमुख चाडपर्वलाई राष्ट्रिय चाडपर्वको रुपमा एक दिनको दरले दिदै आएको सार्वजनिक बिदालाई नेपाल सरकारले समृद्धिको लागि काम गर्नु पर्ने बहाना बनाएर खारेजीको निर्णय गरेकोमा आपत्ति जनाउदै गाउपालिका मार्फत सरकारलाई ध्यानाकर्षण गराईएको तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् सरुमारानी गाउंपालिका समिति अध्यक्ष डण्ड गुरुङले बताए।

पहिलो तथा दास्रो ऐतिहासिक जनआन्दोलनको उपलब्धिले पाएको अधिकार, आदिबासी जानतातिको माग बिपरित कुनैप्रकारको छलफल, परामर्श नलिई सरकारले एकलौटी ढंगबाट बिदा कटौती गरेकोले बिरोध जनाउदै ज्ञापन पत्र बुझाएको उनले बताए। “सरकार सबै नेपालीको साझा अभिभावक हो भन्ने महसुस भएन।“ अध्यक्ष गुरुङले भने,“सरकारले कसैलाई काखा कसैलाई पाखा गर्दा हाम्रो चित्त दुखेको छ ।’’

यदी कुनै पनि बाहानामा हाम्रो मागहरुलाई बेवास्ता गरिएमा सशक्त आन्दोलन गर्न हामी बाध्य हुनेछौ र त्यस आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवारी स्वयं नेपाल सरकार नै हुनेछ ।“ सरुमारानी गाउपालिका २ का वडा सदस्य मिण्टु गुरुङले नजिकिदै गरेको २६०२ औ तमु ल्होछार पर्व पुस १५ का दिन गाउसरकारले सार्वजनिक बिदा दिन माग गरे। हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ष फेरिने भएकाले यो दिनलाई ल्होछार पर्वको रुपमा मानिएको हो ।स्मरण रहोस प्युठानमा पनि गुरुङ समुदायको पर्व ल्होसार विभिन्न कार्यक्रम गरि हर्सोल्लासकासाथ मनाइन्छ ।

सरुमारानी गाउपालिकाको सिरवारी,हंसपुर र दर्भानमा एक सय घरधुरी गुरुङ समुदायको बसोबास छ।