भावी दलाई लामाको चयनमा चीन सरकारको भुमिका हुन नहुने: वासिंगटन


वासिङटन (एजेन्सी)
अमेरिकाले तिब्बतका नागरिकमाथि चीनद्वारा आफनै दलाइ लामा लाड्ने कनै पनि कदमको विरोध गर्ने संकेट दिएको छ । तिब्बतको बर्तमान शिर्ष बौद्ध नेताका उत्तराधिकारीको चयन धार्मिक परम्परा अनुसार हुनु पर्छ यसमा सरकारको हुने भुमिका हुन नहुने भन्ने वासिंगटनको मान्यता रहेको छ ।

चीनले १४ आंंै दलाइ लामाका उत्तरा धिकारी को बन्छ भन्ने विषयमा विशेष चासो देखाउँदै आइरहेको छ । अहिलेको दलाइलामाको उमेर ८३ बर्ष पुगेको छ र हाल उनी भारतमा निर्वासित जीवन विताइरहेका छन् । वरिष्ठ लामाहरुले त्यतिबेला उनलाई दलाइ लामा घोषणा गर्दा उनी मात्र दुई बर्षका थिए ।
तिब्बतको बौद्ध परम्परा अनुसार बर्तमान दलाइ लामाको निधन भए भने अर्को ब्यक्तीका रुपमा उनको पुनर्जन्म हुनेछ । चीनले पनि १४ आंै दलाइ लामाको उत्तराधिकारी नियुक्त गर्ने अधिकार धार्मिक परम्पराबाटै हुनु पर्ने तर उ बेइजिङ प्रति बफादार हुनु पर्नेमा जोड दिएको छ ।

सांसद समक्ष ट्रम्प प्रशासनको निति स्पष्ट पार्ने क्रममा लारा स्टोनले दलाइ लामाको चयन गर्ने धार्मिक निर्णय राजनितिक सत्ताबाट नभई धार्मिक संगठनहरुबाटै हुनु पर्छ भन्ने अमेरिकाको मान्यता रहेको बताएकी थिइन् । स्टोन पुर्वी एसिया तथा प्रशान्त क्षेत्र मामिला हेर्ने कार्यवाहक उप सहायक विदेश मन्त्री हुन् । सिनेटको विदेश सम्बन्धको उप समितिमा सिनेटर कोरी गार्डनरको एक प्रश्नको जवाफमा स्टोनले दलाइ लामाको चयनमा सरकारको भुमिका नरहनु पर्ने बताएकी थिइन् ।

सिनेटरले चीनले भावी दलाइ लामा चयन गर्ने बताएको र चीनले दलाइ लामा थोपरेमा अमेरिकाको प्रतिक्रिया के हुन्छ भन्ने प्रश्न राखेका थिए ।