श्री लालीगुराँस सहकारीको १९औं साधारणसभा सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामुख कृष्णबहादुर महराले साधारणसभाको उद्घाटन गर्दै देशको आर्थिक विकासका लागि सहकारीेको योगदानका विषयमा चर्चा गर्नुभयो ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा उहाँले संस्थाको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सांसद एवम् राष्ट्रिय सहाकारी महासंघका अध्यक्ष केशव बडाल, राजेन्द्र पाण्डे, नेपाली कांगे्रसका प्रमुख सचेतक बालकृष्ण खाँड, पँर्व अर्थराज्यमन्त्री उदय शम्सेर राणा, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडल, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव एवम् प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले वाणिज्य बैंकहरुपछि ठँलो वित्तीय कारोबार सहकारी संघसंस्थामा रहेको बताउनुभयो । उहाँले देशभर ३५ हजारभन्दा बढी सहकारी दर्ता भएका छन् त्यसमध्ये २८ हजारभन्दा बढी सहकारी संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।

सहकारी क्षेत्रको कुल वित्तीय कारोबारमध्ये २५ प्रतिशतभन्दा बढी अर्थात ५ सय ५० अर्ब निक्षेप परिचालन, ५ सय अर्बभन्दा बढी कर्जा लगानी, ८० अर्ब बराबर शेयर पुँजी तथा प्रत्यक्ष रुपमा २ लाखभन्दा बढीले रोजगारीसमेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको भण्डारीले बताउनुभयो ।
सहकारी क्षेत्रको पँुजीलाई ऊर्जा, पर्यटन, पशुपालन, कृषि लगायत मझौला तथा ठँला परियोजनामा लगानी गर्ने वातावरण सिर्जना गरी सहकारीमार्फत राष्ट्रिय अर्थतन्त्रको विकास धारणा राख्दै उहाँले सहकारीमार्फत बचत ऋणलगायत उत्पादनको कार्य गर्न सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताउनुभयो ।

१८ प्रतिशत लाभांश दिने

संस्थाको मुख्य लगानीमा ताल्छिखेलमा लालीगुराँस हस्पिटल, नयाँबानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज, चितवन खैरेनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको, लार्चामा भैरवकुण्ड हाइड्रोपावर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनी प्रालि सञ्चालन गरेको छ ।

संस्थाले निकट भविष्यमा डेरी सञ्चालन गर्ने योजना अघि बढाएको छ । डेरी परियोजनाको प्रवद्र्धन गर्न, खैरेनी तथा रत्ननगर नगरपालिकाका गाई पालन गर्ने कृषकलाई लक्षित गरी लगानी वृद्धि गर्ने, प्रविधि विकासको लागि सहयोग गर्न, उत्पादित दँधको बजारीकरण गर्न, चितवनको पर्सामा चौथो सदस्य सुविधा काउन्टर संचालन गर्न लागेको छ ।

यसअघि ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटामा सदस्य सुविधा काउन्टर सञ्चालन गरिसकेको छ । संस्थाले आगामी आवमा काठमाडौंको न्यँरोड र बालाजुमा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

साधारणसभामा २५ संस्थापक संचालक, ५ पँर्वअध्यक्ष, संस्थाका शेयर सदस्य एवम् जेष्ठ नागरिक २१ जना, एसईईमा उत्कृष्ट स्थान ल्याउने १५ विद्यार्थी सम्मानित भएका छन् ।त्यस्तै ५ वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको छ । साथै सभाले शेयरसदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।