काठमाडौं, (नेस) । उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम नेपालको केन्द्रीय समितिको बैठक शनिबारबाट बस्दै छ ।
पार्टीका राजनीतिक समितिका सदस्य प्रविणकुमार चाम्लिङका अनुसार राजनीतिक समितिले तयार पारेको प्रतिवेदन पास गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
राजनीतिक समितिको बैठक शुक्रबार बसेको थियो । २ दिनसम्म ललितपुरको बालकुमारीमा बस्ने बैठकले महाधिवेशनको मितिसमेत सार्ने छ । फोरमले माघ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने तयारी गरेको थियो । अबको महाधिवेशन बैशाख २८ देखि ३० सम्म हुने छ ।
बैठकले प्रदेश समिति गठनको विषयमा समेत छलफल गर्ने चाम्लिङले बताउनुभयो । सरकारमा सहभागी हुँदा सरकारसँग गरिएका सहमति कार्यान्वयनका लागि पनि दबाब दिने फोरमको योजना छ । सरकारको समीक्षा गर्नका लागि समेत बोलाइएको बैठकले अन्य पार्टीसँग एकताका लागि वार्ता गर्न गठित सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वको ६ सदस्यीय समितिको नामलाई पनि अनुमोदन गर्ने जनाइएको छ ।











प्रतिक्रिया