ड्रोन क्यामेरा उडाउँदै गर्दा दुई विदेशी नागरिक पक्राउ

0
Shares

विमल बिष्ट, डोटी ।
आकासमा ड्रोन उडाउदै गरेको अवस्थामा डोटीमा दुईजना डेनमार्कका नागरिकलाई प्रहरीले पक्राउ परेको छ । डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट आकाशमा ड्रोन क्यामेरा उडाइरहेका बेला जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले उहाँहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक नृपबहादुर बोहराले बताउनु भयो ।

‘ड्रोन उडाउदै गरेको अवस्थामा हाम्रो प्रहरीले देखेपछि जिप्रका ल्याएका छौ,उहाँले भन्नु भयो ‘ हामीले थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन पठाउदै छौ ।’ पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन ।
उहाँहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

श्रोतले दिएको जानकारी अनुसार अन्तराष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको डकुमेन्ट्री बनाउन उहाँहरु डोटी पुग्नुको बताइएको छ ।
उहाँहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बेलामा प्रहरीले पक्राउ गरेको हो ।