कांग्रेसलाइ ५ ‘स’ को जरुरी: डा संग्रौला

0
Shares

यमलाल भुसाल, बुटवल ।
कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कांग्रेसलाइ ५ वटा ‘स’ को आबश्यकता रहेको बताउनु भयो ।

सडक, सदन, सत्याग्रह , संगठन र सहमति नै कांग्रेस बलियो बनाउने सुत्र भएको उहांको जिकिर छ ।

पार्टीमा उमेर हदबन्दी जरुरी नरहेको उहांको भनाइ छ । उहांले भन्नु भयो —‘ उमेर ठूलो कुरा होइन,बिचार र नेतृत्व ठूलो कुरा हो ।’

रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा शुक्रवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भन्नु भयो —‘नेपालमा न्याय मर्यो,न्याय बिग्री सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै छन् ।’
निर्मलाको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गर्नु भएको छ् ।

साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गर्नु भएको छ ।

मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उहांले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताउनु भयो ।

निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उहांले बर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गर्नु भयो ।

सरकारले न्याय नदिदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उहांले निर्मलाका बुबाले आफुसंग‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाउनु भयो । दुइतिहाइको सरकारले ९ महिनामा के के गर्यो ? जनताको बांच्न पाउन अधिकार पनि कुण्ठित भएको र राज्यले भयावय स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो ? उहांको प्रश्न छ ।’

काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उहांले दुखेसो गर्नुभयो ।

‘प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि बिबादीत एनजिओको बन्धक बन्न मिल्छ ?उहांको प्रश्न छ ।

संबिधानको धारा ९१ क मा फरक—फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भनेपनि सरकारले संबिधान लल्याइएको उहांको भनाइ छ ।

सोहि कार्यक्रममा क्लवले मानव अधिकार तथा शान्ति समाजमा निर्वाचित केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनाल र केन्द्रिय सदस्य मिना ढकाललाइ पनि सम्मान गरिएको थियो । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गर्नु भएको थियो ।