ट्र्याक्टर दुर्घटनामा एकको ज्यान गयो

0
Shares

धनवीर दाहाल, रुकुम ।

रुकुम र सल्यानको सिमाना जलेखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्युु भएको छ ।

राप्ती राजमार्ग को बाँगेलाखुरी–झुल्नेटा सडक खण्ड को जलेखर्कमा रा १ त २६२८ नम्वरको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्युु हुनका साथै एक जना गम्भीर घाईते भएको ईलाका प्रहरी सिमखोली का प्रमुख रतन शर्मा ले जानकारी दिएका छन् । घटना स्थल भिर भएको तथा ट्र्याक्टर करिब २ सय मिटर तल झरेको हुँदा मृतक र घाईते को सनाखत हुन सकेको छैन् ।

दुर्घटनामा पर्ने ट्र्याक्टर दाङ्ग देखि रुकुमकोट को लागि सामान लिएर आईरहेको बताईएको छ ।