लैंगिक हिंसा रोक्न हस्ताक्षर संकलन

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

२७औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा कपिलवस्तुको चन्द्रौटामा हस्ताक्षर संकलन गरिएको छ ।

“लैंगिक हिंसा र दुव्यबहार छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ लैंगिक समानताका लागि हस्ताक्षर संकलन गरिएको हो । “म हिंसा गर्दिन, हिंसा सहन्न र आफू कार्यरत संस्थामा हिंसा हुन दिन्न” जस्ता प्रतिबद्धता सहित विभिन्न सरोकारवालाहरुले व्यानरमा हस्ताक्षर गरेका थिए । सहज नेपालको आयोजना र शिवराज नगरपालिकाको आर्थिक सहयोगमा लैंगिक हिंसा न्यूनीकरणका लागि प्रतिद्धतासहित हस्ताक्षर संकलन गरिएको आयोजक संस्थाका अध्यक्ष संजीव गहतराजले जानकारी दिनुभयो ।

हस्ताक्षर कार्यक्रममा सहभागी जनाउँदै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले लंैगिक समानताका लागि आफैंबाट अभियान सुरुवात गर्न सबैलाई आग्रह गर्नुभयो । अधिकारीले शिवराज नगरपालिकाभित्र कोही पनि हिंसाको सिकार बन्न नपरोस्, कोही हिंसामा परेको भए तत्काल कानुनी न्याएका लागि प्रक्रिया अंगाडि बढाउन अनुरोध गर्नुभयो । नगरप्रमुख अधिकारीले हिंसाबाट पीडित जो कोहीले पनि न्याएका लागि प्रक्रिया अंगाडि बढाउँदा आवश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने समेत प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल कपिलवस्तु अध्यक्ष मीना परियारले भर्खरै ओरेक नेपालले सार्बजनिक गरेको डाटा अनुसार ८६ प्रतिशत महिला हिंसाबाट पीडित हुनुपरेको जानकारी दिनुभयो । जसमध्ये ५६ प्रतिशत महिलाहरु घरेलु हिंसाबाट पीडित बनेको उहाँले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बिष्णुप्रसाद खतिवडाले लैगिंक हिंसालाई न्यूनीकरण गर्न घरबाटै शुरुवात गर्नुपर्नेमा जोड दिँदै हस्ताक्षर गर्नुभयो । आयोजक संस्था सहज नेपालका अध्यक्ष संजीव गहतराजले बर्षौदेखि जकडिएको पितृसतात्मक संरचनालाई अन्त्य गर्न हस्ताक्षर कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । लिंगको आधारमा हेर्दा पुरुषभन्दा महिला नै बढी पीडित हुने भएको बताउँदै महिलालाई शक्ति केन्द्रमा पु¥याउन हस्ताक्षर कार्यक्रम गरिएको उहाँले जनाउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष अर्जुन बहादुर पाण्डे, कार्यपालिका सदस्य सि.बि.गहतराज, शान्ता सेन, नेपाली कांग्रेसका नेता हरिप्रसाद पोखरेल, संघीय समाजबादी फोरमका नेता कृष्णकुमार चौधरी, नेपाल पत्रकार माहासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्का, सामाजिक विकास मञ्चका प्रतिनिधि बिष्णुप्रसाद अधिकारी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती लगायतको सहभागिता रहेको थियो ।