समाचार प्रभावः प्रहरीद्वारा गाँजा खेती नष्ट

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा पछिल्ला दिनमा फेरि गाँजा खती गरिएको खबर नेपाल समाचारपत्रमा प्रकाशित भएपछि प्रहरी महानिरीक्षककै आदेशमा गाँजा फडानी गरिएको छ ।

पर्सा प्रहरीले बिहीबार भारी परिमाणमा रहेको गाँजा खेती फाडेर नस्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सुचना (क्राइम ) टोलिको आधारमा प्रहरी नायव उपरीक्षक मानबहादुर राई ,ईलाका प्रहरी कार्यालय ठोरी, प्रहरी चौकी सुवर्णपुर, तथा ईलाका प्रहरी कार्यालय पोखरियाबाट गएको संयुक्त प्रहरी टोलिले पर्साको ठोरी ठोरी गाउँ पालिका वार्ड नम्बर ४ बिजयबस्तीका विभिन्न व्यक्तिले लुकाइछिपाइ रोपेको अन्दाजी डेढ बिगहामा लगाइएको गाँजा खेती प्रहरीले फाडेर नस्ट गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ठाडो आदेशमा गाँजा फडानी गरिएको हो । यद्यपी पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने गाँजा खेती भइरहेको खबर पाएपछि बिहीबार फडानी गरिएको बताए ।

उनले गाँजा लगाउने धनीको खोजी भइरहेको बताए । पर्सामा केही बर्ष अघिसम्म गाँजाको ब्यसायिक रुपमा नै खेत ीगर्ने गरिन्थ्यो यद्यपी पछिल्ला केही बर्षयता भने यसको खेती ठप्प छ ।