जुवा खेलमा संलग्न १८ जना पक्राउ

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको मेलुङ गाँउपालिका वडा नम्बर ७ सितलीबाट जुवा खेलिरहेको अवस्थामा बुधवार १८ जनालाई पक्राउ गरेको छ ।

स्थानिय विरेन्द्र मगरको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहर िकार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए । उनीहरुको साथबाट एक बुक तास र तीन लाख २८ हजार एक सय ६५ रुपैया नगद बरामद गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

पक्राउ परेका १८ जनालाई जिल्ला प्रशासन कार्यालय दोलखाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।