चोरीमा संलग्न दुई बालक समातिए

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ सिमपानी नजिक एक घरमा चोरी गरेको आरोपमा १०÷१२ बर्ष उमेर समूहका दुई बालक पक्राउ परेका छन् ।

गौरीशङकर अनाथालयबाट दुई बालक हराएकोले खोजतलास गरिपाउँ भनि प्रहरी कार्यालयमा निवेदन परेको र त्यसैको आधारमा उनीहरुलाई भेटेर प्रहरी कार्यालयमा राखेको अवस्थामा उनीहरु चोरीमा संलग्न रहेको भनि उजुरी परेपछि छानविन गर्दा उनीहरु चोरीमा संलग्ना रहेको खुलेको प्रहरीले जनाएको छ ।

चोरी भएको घर धनिले दिएको निवेदनमा उल्लेख भएको सामान र उनीहरुले ल्याएको सामान मिलेपछि थप सोधपुछ गर्दा अन्यत्र लुकाएर राखेको सामान समेत फेला परेको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

उनीहरुबाट क्यामेरा, चाँदीको गरगहना तथा कोठाको सरसामान फेला परेको प्रहर िनायव उपरीक्षक पाठकले बताए । फेला परेको सामान आवश्यक पहिचान पछि सामान धनिलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।