भोटे बस्तिका १७ बिद्यालयमा बिद्यार्थी र शिक्षकको अनुपात बराबरी

0
Shares

बीरबहादुर बम, मुगु ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकामा रहेका भोटे समुदायका अधिकासं बिद्यालयमा बिद्यार्थी र शिक्षकको अनुपात बराबरी रहेको पाईएको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुगुमकार्मारोङ्ग गाँउपालिकाको शिक्षा स्वास्थ्य लगाएत सरकारी निकायबाट प्रबाह हुने सेवाको अनुगमन गर्न गएको टोलीले मुगुम कार्मारोङ्गको लामा समुदायमा रहेका १७ बिद्यालय मध्ये १४ बिद्यालयको अनुगमन गर्दा बिद्यार्थी र शिक्षकको अनुपात बराबरी भएको पाईएको हो ।

मुगुम कार्मारोङ्ग गाँउपालिका–३ खारी गाँउमा १३ घरधुरीका १० जना बिद्यार्थी सोही गाँउको श्री नेपाल राष्ट्रिय प्रथामिक बिद्यालयमा भर्ना भएको पाईएको भएपनी बिद्यालयमा नियमित पाँच जना बिद्यार्थी आउने गरेका छन । ति पाँच जनाका लागी दुई शिक्षक एक शिक्षिक र एक जना बालबिकास सहजकर्ताका साथैमातृ भाषाका लागी गाँउपालिकाले भर्खरमात्र एक जना शिक्षक नियुक्त गरेको भएपनि त्यस बिद्यालयमा शिक्षिक र बिद्यार्थीको अनुपात बराबरी भएको भएपनी बिद्यार्थीको पढाईको अबस्था कक्षा पाँचका बिद्यार्थीले नेपालीमा आफनो नाम लेख्न नजानेको अनुगमन टोलीका सदस्य तथा कोष तथा लेखा नियन्त्रणक धन प्रसाद शर्माले बताए ।

शर्माका अनुसार सोही वडाको ताखा गाँउमा रहेको श्री नेपाल प्रथामिक बिद्यालय ताखामा पनी बिद्यालयको भर्ना रेर्कडमा १८ जना बिद्यार्थी भएपनी नियमित ८ जना मात्र बिद्यालयमा आउने गरेका छन । यो बिद्यालयमा पनी तिन जना शिक्षकको दरबन्दि सहित एक जना बालबिकास सहजकर्ताका साथै मातृ भाषाका लागी एक जना शिक्षक सहित पाँच जना छन ।

हिमाली क्षेत्रका बिद्यालयहरुका हकमा एक शिक्षक बराबर ४० बिद्यार्थीको अनुपात शिक्षा नियामवलीमा उल्लेखित गरेको भएपनि मुगुम कार्मारोङ्ग गाँउपालिकाको लामा बस्तिका सबै बिद्यालयमा बिद्यार्थी र शिक्षकको अनुपात बराबरि पाईएको छ ।

बिद्यार्थीको पढाईको अबस्थापनी सन्तोषजनक छैन । अनुगमन गरिएका १४ बिद्यालय मध्ये दुई बिद्यालयमा बिद्यार्थिको पढाईको अबस्था ठिकै देखिएको भएपनी अन्य बिद्यालयमा अभिबावकको कम सक्रियताका कारण र बिद्यालय जाने उमेरका बालबालिकालाई धार्मिक शिक्षा पढाउन अन्यत्रै लैजाने गरेकाले बिद्यालयमा बिद्यार्थीको अनुपात कमि आउने गरेको जिल्ला शिक्षा तथा समन्वय ईकाई ईकाई प्रमुख सुर्य बहादुर खत्रिले बताएका छन ।
बिद्यालयमा कार्यरत शिक्षकहरु बिद्यालय पालैपालो गरेर आउने कोही बर्ष दिनमा एक पटक मात्र आउने गर्छन । अनि आफना बालबच्चाको भबिस्य राम्रो नदेपछी गाँउमा बिद्यालय भएपनी आयश्रोत भएकाहरुले जिल्ला सदरमुकाम सम्म पढाउने गरेका छन ।

आयश्रोत नभएकाहरुले आफना बालबालिकालाई पशुचौपाया हेर्न जङ्गल पठाउछन गाँउमा बिद्यालय भएर के गर्ने बिद्यालय सधै बन्द हुन्छ । बाध्य भएर आफना बालबालिकालाई आनी र चुम्मा पढाउन परेको स्थानिय बासिहरु गनासो रहेको छ ।

मुगुम कार्मारोङ्गका अधिकासं बिद्यालयको अनुगमन गर्दा शिक्षकहरु आफनो बिद्यालयमा कम उपस्थित भएको पाईयो । बिद्यार्थीको पढाईको अबस्था हेर्दा शिक्षक अभिबावकको दुबैको जिम्मेवारी नपाईएकाले अनुगमनको प्रतिबेदन अनुसार शिक्षकलाई कार्बाही गरीने अनुगमन टोलीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमा कान्त अधिकारीले बताए ।