मोतीराम तिमल्सिना, काभ्रे
धुलिखेल नगरपालिकाले प्रविधिमैत्री नगर बनाउँदै सेवाग्रहीहरुको सहजताका लागि अनलाईन कर सेवा शुरु गरेको छ ।
चालु वर्षमा सबै वडाहरुबाट सेवा प्रारम्भ गरी आगामी वर्षमा सबै करदाताहरुले अनलाईनबाटै कर विबरण हेरी भुक्तानी गर्न सकिने ब्यवस्था मिलाईएको छ । सेवाग्रहीले यस अघिका वर्षहरुमा तिरिसकेको करका आधारमा उनिहरुको अनलाईनमा विवरण राखिएको छ ।
नयाँ सेवाका लागि कर तिर्न आउने सेवाग्रहीले राजश्व शाखा मार्फत युजर नेम र पासवर्ड लिनु पर्नेछ । एक पटक लिएको युजर नेम र पासवर्डले आफ्नो पूर्ण विवरण करदाताले मोवाईलबाटै थाहा पाउनेछन् । पहिले कर तिरेको विवरण तथा अब तिर्नु पर्ने शुल्कका बारेमा जानकारी प्राप्त हुनेछ । बैक तथा क्रेडिट कार्ड मार्फत समेत रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको नगरपालिकाले सेवाग्रहीहरुलाई कर तिर्न नगरपालिका वा वडा कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गरेको हो ।
कर सम्वन्धी आफ्नो विवरण हेर्न नगरपालिकाको वेभ साईट मजगष्पिजभmिगल।नयख।लउ भित्र वा धुलिखेल नगरपालिकाको एप डाउनलोड गर्नु पर्ने छ । धुलिखेल नगरपालिकाको बेभ साईड वा एप भित्र गएपछि कर सम्वन्धी सेवाग्रहीको सम्पूर्ण विवरण हेर्न सकिनेछ । त्यस अप्सनमा ब्यक्तिगत कर विवरणमा क्लिक गरेपछि स्क्रिनमा ट्याक्स पेयर इ सर्भिस देखाउँछ । जसमा नगरपालिकाले उपलब्ध गराएको युजर नेम र पासवर्ड राख्नु पर्नेछ ।
युजर नेम र पासवर्ड साईन इन गरेपछि कर तिर्नु पर्ने विवरण उपलब्ध हुनेछ । आर्थिक वर्ष अनुसार समेत हेर्न सकिने उक्त विवरणमा करका किसिमहरु समावेश गरिएको छ । एकिकृत सम्पत्ति कर, घरजग्गा कर, मालपोत कर, ब्यवसाय कर, बहाल कर, सवारी कर र अन्य करका अप्सनहरुमा क्लिक गर्न सकिनेछ । नगरपालिकाले आवश्यक ठानेका अन्य विवरणहरु पनि त्यसमा समावेश गरिएको छ । कर तिर्नु पर्ने विवरण र कर तिरेको विवरण हेर्न सकिनेछ । मोवाईलबाट हेर्न धुलिखेल नगरपालिकाको एप डाउनलोड गर्न सकिनेछ ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा कर बुझाएका १३ हजार ३ सय ८५ करदाताहरुको विवरण अनलाईनमा समावेश गरिसकेको लेखा प्रमुख धनबहादुर बस्नेतले जानकारी दिए । सम्पति कर बुझाउन नगरबासिहरुलाई नगरपालिकामै आउनु नपर्ने ब्यवस्था अनलाईन कर विवरणले उपलब्ध गराएको छ । नगरका सबै वडाहरुमा यो सुविधा उपलब्ध गराउने कार्य भईरहेको छ । परिक्षणका लागि धुलिखेल नगरपालिका वडा नम्वर २ बाट अनलाई कर विवरण र कर भुत्तानीको कार्य शुरु भएको छ । स्थानीय सरकारलाई करको करकर भईरहेको समयमा धुलिखेल नगरपालिकाले कर विवरण समेत राखी नगरबासिहरुलाई करका बारेमा स्पष्ट पार्न अनलाईन सेवाको शुभारम्भ गरेर सुविधा उपलब्ध गराएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले नगरलाई प्रविधी मैत्री, ग्रिन सिटी, साईकल सिटी, बालमैत्री, खुल्ला दिशामुक्त, साक्षर नगर, सबैको घर घरमा खानेपानीको उपलब्धता, पर्यटन मैत्री नगरका रुपमा स्थापना गर्न अभियान शुरु भएको बताए । त्यहि अभियानमा प्रविधि मैत्री नगर मार्फत पहिलो चरणमा अनलाईन कर शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।











प्रतिक्रिया