‘निजगढ विमानस्थलमा षड्यन्त्र भएको छ’

0
Shares

नेपाल समाचारपत्र, बारा
पँर्वप्रधानमन्त्री एवम् संघीय संसद परराष्ट्र सम्बन्ध समितिको पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक माधवकुमार नेपालले तराईबाट काठमाडौं जोड्ने निर्माणाधीन फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल एकअर्काका परिपँरक रहेकाले दुवै योजना एकै साथ सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

निजगढ विमानस्थल निर्माणको क्रममा सरकारले अनावश्यक रूपमा रुख कटानी र जंगल फडानी गर्न लागेको भन्ने विवाद शुरू भएपछि स्थलगत अध्ययनको क्रममा उपसमितिको टोलीसहित बारा आइपुग्नु भएका नेपालले बिहीबार टागियाबस्तीमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उहाँले निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने टांगिया बस्तीका बासिन्दालाई बाराको कोल्हवी, सिमरा र निजगढलगायतका क्षेत्रमा स्थानान्तरण गर्न सकिने बताउनुभयोे ।

उहाँले केही व्यक्ति र समँहले वन मासेर सरकारले विमानस्थल बनाउन लागेको भन्ने हल्ला फैलाएर निर्माण कार्यमा बाधा अड्चन र षडयन्त्र गर्ने काम गरिरहेको आरोप पनि लगाउनुभयो ।

‘पहिलो चरणमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा रनवे बनाइने छ,’ उहाँले भन्नुभयो–‘आवश्यकताअनुसार पछि ५÷६ वटा रनवे बनाउन सकिन्छ ।’ उहाँले विमानस्थल निर्माणको लागि हल्ला भएजस्तो बढी रुख नकाटिने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले मुलुकको ८ स्थानमा गरिएको सर्वेक्षणमा निजगढ नै अन्तर्राष्टिय विमानस्थलको लागि उपयुक्त स्थान रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।