नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवामा उत्पादन भएको स्टोबेरीको माग बजारमा उच्च भएपछि किसानहरुको मुहारमा खुशी छाएको छ ।
गाउँपालिकाको विभिन्न वडामा उत्पादन भएको स्टोबेरीलाई आवर फाम्र्स नेपाल प्राइभेट लिमिटेडले बजार व्यवस्थापन गरेसँगै बजारमा माग उच्च भएको व्यापारीहरुले बताएका छन् । । करिव तीन वर्ष अघि स्थापना भएको कम्पनीले अहिले स्टोबेरी उत्पादन थालेको थियो । यसका लागि गाउँपालिकाका करिव ६१ जना कृषकलाई तालिम दिइएको थियो ।
गाउँमा उत्पादन भएको स्टा«ेबेरीलाई कलेक्सन सेन्टरबाट लेभलिङ गरी काठमाडांैका बजारमा समेत पठाउने व्यवस्था गरेसँगै किसानको उत्पादनले बजार पाएका हुन् ।
समुन्द्र सतहको एकहजार २ सयदेखि दश हजारसम्मको उचाईमा उत्पादन हुने स्ट्रोबेरी मंसिर महिनादेखि बैशाख महिनासम्म बढी उत्पादन हुने आवर फाम्र्स नेपालका प्रोडक्सन म्यानेजर भिमबहादुर श्रेष्ठले बताउनुभयो । संकलन केन्दले दैनिक ७० देखि ८० किलो काठमाण्डौका बजारमा लैजाने गरेको पनि उहाँले जानकारी दिनुभयो ।
स्ट्रोबेरीको अहिले बजार मँल्य प्रति ३ सय ग्रामको प्याकेटको ३ सय रुपैयाँ पर्ने गरेको छ । उत्पादित स्ट्रोबेरी विना केमिकल रहेकोले समेत बजारमा माग बढी भएको किसान शुक्र लामाले बताउनुभयो ।











प्रतिक्रिया