६ महिना पछि बनगाड कुपिण्डे नगरपालिकाको बजेट

0
Shares

सरिता चलाउने, सल्यान
चालु आर्थिक बर्ष शुरु भएको झन्डै ६ महिना पछि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ ।
नगर सभा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरि र वडा अध्यक्षहरु बीच विवाद हुदा चालँ आर्थिक वर्षको ६ महिना पछि प्रस्तुत गरिएको हो । नगरसभा असारमै सम्पन्न हुनुपर्ने प्रावधान रहेको छ ।

नगर प्रमुख गोविन्दकुमार पुनले महत्वकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै नगरसभा सम्पन्न भयो । नगरसभाले २०७५÷०७६ का लागि कुल ४७ करोड ६७ लाख ४ हजार बजेट विनियोजन गरिएको नगरप्रमुख पुनले जानकारी दिनुभयो । उहाँका अनुसार चालु तर्फ २९ करोड ९८ लाख ९२ हजार ५ सय ६२ र पँुजीगत तर्फ १७ करोड ६८ लाख ११ हजार ५ सय ३७ बजेट विनियोजन गरिएको छ । नगरसभाले स्वास्थ्य, खानेपानी, पर्यटन, सिचाईलाई प्राथमिकतामा राखेको छ ।

चालँ तर्फ स्वास्थमा १ करोड २६ लाख रुपैयाँ, खानेपानीमा १ करोड ५५ लाख ८३ हजार ७ सय ७४ रुपैयाँ, कृषि पशु ८० लाख रुपैयाँ, उद्योग तथा वाणिज्यमा ७० लाख रुपैयाँ, पर्यटनमा ५० लाख रुपैयाँ, सहकारी १० लाख रुपैयाँ, सामाजिक विकास तर्फ शिक्षामा २ करोड २० लाख ३५ हजार रुपैयाँ, धर्म संस्कृति प्रर्वद्धनमा १३ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख यरीले जानकारी दिनुभयो ।

त्यसैगरी खेलकुद तथा मनोरञ्जन १० लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा ७० लाख, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलमा ७ करोड ७२ लाख २ हजार ७ सय २६ , सिचाइमा ३३ लाख ५० हजार, भवन तथा विकास निर्माणमा ८२ लाख ५५ हजार, उर्जा तथा वैकल्पिक उर्जा १ करोड ४ लाख, वन तथा भँ संरक्षण १० लाख, जलाधार संरक्षण १५ लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तन २० लाख, फोहोर मैला तथा ढल व्यवस्थापन ५ लाख, विपद व्यवस्थापनमा ६० लाख, सामान्य सेवामा २ करोड ९१ लाख,३२ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ ।

विनियोजन रकम कार्यन्वयनमा चुनौती रहेपनि सबै एकतावद्ध भएर यसलाई कार्यान्वयन गर्नुपर्ने नगरप्रमुख पुनको भनाई रहेको छ ।
बजेट प्रस्तुत गर्दै उप मेयर यरिले विनियोजन वजेटबाट समुचित विकासमा कोसेढुङगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।साथै २ दर्जन बढी ऐन, कानुन, कार्यविधि, विधेयक पास गरेको छ ।