धर्मेन्द्र बिसी, अछाम
अछाम जिल्लाका दुर्गम ठाउँहरुमा सञ्चालन गरिएको घुम्ती सेवा शिविर मार्फत ९ सय ५६ जनाले नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाका दुर्गम गाउँमै पुगेर नागरिकता बितरण गर्ने उदेश्यले जिल्लाको मेल्लेख गाउँपालिकाको ऋषिदह र षोडशा, तुर्माखाद गाउँपालिकाको रहफ, भुलु र मंगलसेन नगरपालिकाको बस्तीमा शिविर सञ्चालन गरेको थियो ।
तुर्माखाद गाउँपालिकाको रहफ र भुलुमा ५ सय ५५ १ सय ४७ र मेल्लेख गाउँपालिकाको ऋषिदह र षोडशामा ३५४ जनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । शिविरमा अन्य सेवा पनि प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।
शिविरमा १२ सय जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा ऋषिदह र षोडशामा ४०३ जना तुर्माखाद गाउँपालिकाको रहफ,भुलुमा ६ सय ११ जना र मंगलसेन नगरपालिकाको बस्तीमा १ सय ८६ जना रहेका छन् ।
यस्तै शिविरमा ८ सय ७१ परिवारलाई कृर्षि सेवा केन्द्रमार्फत मल र बिउ बितरण गरिएको थियो । १६ सय ३८ परिवारलाई पशुसेवा केन्द्र मार्फत पशु स्वास्थ्य उपचार र परामर्श गरिएको छ । ७ सय ५७ जनालाई भिडियो ऐस रे सेवा सहितको स्वास्थ्य जाँच र औषधि बितरण गरिएको छ । १ सय १२ जनालाई आयुर्वेद कार्यालयबाट स्वास्थ्य जाँच र ८० जनालाई औषधि बितरण गरिएको छ ।











प्रतिक्रिया