बिडीसिए क्रिकेट: यौंङ्ग स्टार ‘सुपर सिक्स’मा प्रवेश

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
यौंङ्गस्टार क्रिकेट क्लवले लगातार दुई खेलमा विजयी हुदै बैतडीमा जारी बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम छ मा स्थान सुरक्षित गरेको छ ।

निंगलाशैनी खेलमैैदान देहिमाण्डौंमा आइतवार सम्पन्न खेलमा महारुद्र क्रिकेट क्लव, गुरुखोलालाई ७ विकेटले स्तब्ध पार्दै यौंङ्गस्टार सुपर सिक्समा प्रवेश गरेको हो ।

टस हारेर ब्याटिंगको निम्ता पाएको गुरुखोला ९१ रनमा समेटियो । जसमा हर्क थलालले सर्वाधिक १७ रन बनाए । ९२ रनको लक्ष्य पन्छाएको यौंङ्गस्टारले भानदेव ओझाको ३५रनको मद्दतमा १० ओभर १ बलमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

गुरुखोलाका लक्ष्मण भट्टले २ विकेट हात पारे । यौंङ्गस्टारका लागी ४ विकेट लिएका बिरेन्द्र विष्ट खेलका म्यान अफ द म्याच भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । समूह ई वाट सुपर सिक्समा प्रवेश गरेको यौंङ्गस्टार जारी बिडीसिए कपको अन्तिम छ मा पुग्ने पहिलो टोली समेत बनेको छ ।

१९ टोली सहभागी प्रतियोगितालाई ६ समूहमा विभाजन गराईएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार , द्वितीय पुरस्कार २० हजार रहेको छ ।

बिडीसिए कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषध्यक्ष खेमराज भट्टले बताए । वि स २०५८ सालदेखि निरन्तर रुपमा भएरहेको बिडीसिए कपको यो १८ औं संस्करण हो ।