५ हजार जनाको निशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
सम्झना ल्याबोरेटरीले ५ हजार जनाको निशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ ।

२० दिन (यही पुस ६ गते) भित्रमा सो कार्य पुरा गर्ने घोषणा गर्दै ल्याबोरेटरीले आईतबार स्वास्थ्य शिविर शुरु गरेको हो ।

‘बिरामी भएपछि होइन, बिरामी नहुन स्वास्थ्य परीक्षण गरौं’ भन्ने मूल नाराका सो शिविर शुरु सञ्चालन गरिएको थियो । शिविरमा विशेषतः ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई उच्च प्राथमिकता दिइने पनि ल्याबोेरेटरीले जनाएको छ ।

शिविरको एक समारोहकाबीच ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले शुभारम्भ गर्नुभयो ।

शिविरमा थाईराइड सम्बन्धी रगत, मधुमेह, मधुमेह सम्बन्धी आँखाको परीक्षण गरिने ल्याबोरेटीका अध्यक्ष उर्दीप जोशीे जानकारी दिनुभयो । त्यसैगरी होल बडी प्याकेज, एक्सरे, एमआरआई, युएसजी, इको परीक्षण विशेष सहुलियत प्रदान गरिने बताइएको छ ।

१० वर्ष अघि सञ्चालन गरिएको ‘पिसाब जचाऔं मिर्गौला बचाउ’ भन्ने कार्यक्रमले अपेक्षाकृत सफलता हासिल गरेको अनुभवबाट सिकेर चेतनामूलक अभियानका रुपमा शिविर सञ्चालन गरिएको पनि अध्यक्ष जोशीको भनाई रहेको छ ।

सहकार्य गर्ने प्रतिबद्धता

शिविरबाट विशेषतः आर्थिक स्तर कमजोर भएका नगरवासी लाभान्वित हुने विश्वास व्यक्त गर्दै उपप्रमुख सत्यालले यस कार्यलाई अझ व्यापक बनाउन महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका–१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन ल्याबोरेटरीसंग सहकार्य गरेर विविध कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

जोशी सम्मानित

समारोहमा ल्याबोेरेटरीको स्थापना गर्नुहुने मध्ये एक वरिष्ठ ल्याब टेक्निसियन श्यामादेवी जोशीलाई सम्मान गरिएको थियो । अर्का संस्थापक विन्दुदेवीको जोशी निधन भइसकेको छ । ४० वर्ष अघि राम फर्माको एउटा सानो कोठाबाट सो ल्याबोरेटरी सञ्चालन गरिएको थियो ।

समारोहमा अरनिको व्यावसायिक प्रर्वद्धन समाजका अध्यक्ष अजरमान जोशी, क्यान्सर सर्पोट गुर्पका अध्यक्ष स्वरुपा श्रेष्ठको पनि उपस्थिति रहेको थियो।