२५ केजी चरेश सहित ४ जना कारोवारी पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ को राजधानी बुटवलवाट २५ केजी लागु औषध सहित ४ जना कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय दांगवाट खटिएको विशेष प्रहरीको अनुसंन्धानटोली र ईलाका प्रहरी कार्यालय बुटवलको सम्युक्तटोलीले बुटवल उपमहानगरपालिका ९ इटृाभटृी लाईनवाट ४ जना व्यक्तिलाई २५ केजी चरेश सहित शनिवार राती ९ वजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवल जनाएको छ ।

प्रहरीले जिल्ला जाजरकोट खलगां गाउपालिका वडा नम्बर ९ वस्न वर्ष ४४ को तिलक पुन, वारीकोट गाउपालिका १ का २८ वर्षिय टोपेन्द्र वोहोरा, नल्गागाउपालिका २ का २८ वर्षिय प्रेम विक र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० वर्षिय दिपेन्द्र घर्तीलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले पुन, वोहोरा, घर्तीको साथवाट जनही ६ किलो र विकवाट ७ केजी चरेश वरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसंन्धान भैरहेका प्रहरीले जनाएको छ ।