हेड–टू–हेड च्यालेन्जको दोस्रो चरण पुग्न सकिनन् श्रृखंला

0
Shares

काठमाडौं ।
चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणबाट नेपालकी श्रृखंला खतिवडा बाहिरिएकी छिन् ।

पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भइन्।
हेड टु हेडको प्रिजेन्टेसनमा तीन जना निर्णायकहरु थिए । तीनै जनाले सिंगापुरकी प्रतियोगिलाई चुनेका थिए । भारतकी सुन्दरी अनुकृती भास म्यानमारकी सुन्दरीलाई पछि पार्दै टप ३० मा प्रवेश गरेकी छन् ।

हेड टु हेडबाट बाहिरिए पनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथपो प्रजबाट टप ३० मा स्थान बनाउन सक्छिन् । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । यसका लागि आउँदो ८ डिसेम्बर (फाइनलको दिन) सम्म भोटिङ खुल्ला हुनेछ ।

पराजीत भएसँगै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेकी छन्, यध्यपी उनको सम्भावना भने कायमै छ।