भगवती तिमल्सिना, काठमाडौँ
जनआन्दोलन ०६२/०६३ का घाईते जिउँदो शहिद मुकेश कायस्थको अप्रेशन आज नहुने भो । ४ दिन देखि नेपाल मेडिसिटी अस्पताल भैसेपाटीमा भर्ना भएका मुकेसको सोडियम कम भएकाले अप्रेशन गर्न नमिल्ने चिकित्सकले जानकारी गराएको मुकेसकी आमा मिरा कायस्थले जानकारी गराउनुभयो ।
सोडिएमको मात्र ३५ हुनुपर्नेमा आज बिहान परिक्षण गर्दा २७ मात्र भएकाले अप्रेशन गर्न नमिल्ने भएको डा.गोपाल रमण शर्माले परिवारलाई जानकारी गराउँनुभएको हो । एकसाता अघि वीर अस्पताल अर्थात् ट्रमा सेन्टरमा शल्यक्रिया नभएपछि कायस्थलाई मेडिसिटी भर्ना गरिएको हो ।
अर्धचेत अवस्थामा रहेका मुकेशको वीर अस्पतालमा गरिएको पहिलो शल्यक्रियाका क्रममा उनको टाउकोमा राखिएको भिपिसन्ड (टाउकोमा जम्मा भएको पानी पेट हुँदै बाहिर पठाउने पाइप) फेर्न अस्पताल भर्ना गरिएको हो । छोरालाई जसरी पनि बचाउँनुछ त्यसैले यतिबेला मेडिसिटीको शरणमा डा.गोपाल रमण शर्माको सरणमा पुगेका छौ । आइतबार मुकेशको शल्यक्रिया हुन्छ भनिएको थियो हुन सकेन मीरा भन्नुहुन्छ ।
आफुसँग पैसा छैन अस्पतालले ४ लाख सम्म लाग्छ भनेको छ । नीजि अस्पतालको सरणमा पुगेका छौ पैसा महगो छ । यतिबेला मुकेशलाई मेडिसिटीको सातौ तल्लाको ७२७ नं को कमन क्याबिनमा राखिएको छ । आर्थिक सहयोगका लागि सरकारसँग हार गुहार गर्दै छौ, अस्पतालसँग पनि आफ्नो आर्थिक अवस्थाका बारेमा जानकारी गराएका र्छौ । अहिले सम्म अस्पतालमा डेढ लाख डिपोजिट भैसकेको मिराले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो । जिउदो शहिदका लागि सरकारले विगतमा दिएको बचनको सुनुवाई हुने आशा अझै मरेको छैन मुकेशका बुबा कृष्णमान भन्नुहुन्छ ।
मुकेश लोकतन्त्र र नयाँ संविधानका लागि जनआन्दोलनको क्रममा २०६२ साल चैत्र २७ गते बनेपाको तीन डोबाटोमा प्रहरीको गोली लागि घाईते भएका हुन् । सरकारले मुकेशको उपचारका लागि निःशुल्क सेवा मात्र हैन छुट्टै नर्स घरमै उपलब्ध गराउने निर्णय पनि नगरेको होइन । तर यतिबेला सरकारले गरेको निर्णयको कार्यान्वयनको खाँचो खड्किएको छ ।











प्रतिक्रिया