शसस्त्र प्रहरीद्धारा अस्पताल पुग्ने गोरेटो बाटोमा सिढि निर्माण

0
Shares

सरिता चलाउने, सल्यान ।
शसस्त्र प्रहरी वल लुहापिङ्ग सल्यानले जिल्ला अस्पताल सल्यान जाने वाटोमा सिढि निर्माण गरेको छ । खलंगा श्रीनगर सडकको आमा चौतारा हुदै जिल्ला अस्पताल सल्यान जाने १ सय मिटर गोरेटो वाटोमा सिढि निर्माण गरेको हो । सडक बाट उकालो लाग्ने बाटोमा अस्पताल आउन सेवाग्राहीलाई सहज होस भन्ने उदेश्यले सिढि निर्माण गरेका शसस्त्र प्रहरीले जनाएको छ । यस अघि सदरमुकाम खलंगा वजारमा रहेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको शालिक रहेको स्थान र वजारको सरसफाई गरेको थियो ।

सल्यानमा एक महिना अघि स्थापना भएको शसस्त्र प्रहरीले विभिन्न रचनात्मक कार्यमा सहभागि हुदै आएको छ ।
हरेक शनिवार विभिन्न रचनात्मक क्रियाकलाप अन्तरगत सल्यान अस्पताल पुग्ने गोरेटो वाटोमा सिढि वनाएको शसस्त्र प्रहरी वल सल्यानका प्रहरी नायव उपरिक्षक विमल डाँगीले वताउनु भयो ।

यहाँ सिढि वने संगै विरामीहरुलाई जिल्ला अस्पताल जान सजिलो भएको छ । यो वाटोमा पक्की सिढि निर्माणमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने विरामीहरुको भनाई रहेको छ ।