काठमाडौं, (नेस)
जारी कांग्रेस केन्द्रीय समिति बैठकमा संशोधित विधानको मस्यौदाबारे छलफल भइरहेको छ। बिहीबारदेखि बसेको बैठक अझै केही दिन लम्बिने केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बताउनुभएको छ। विधान संशोधन समितिले तयार पारेको मस्यौदा केन्द्रीय कार्यसमितिले पारित गरेपछि महासमिति बैठकमा पेस गरिनेछ। मंसिर २८ देखि पुस ३ गतेसम्म बस्ने महासमिति बैठकको मुख्य एजेन्डा विधान संशोधन तथा परिमार्जन गर्ने रहेको छ।
केन्द्रीय समितिभन्दा माथिल्लो निकायका रूपमा रहेको महासमिति बैठकमा पेस गरिने पार्टीको राजनीतिक दस्तावेज र आर्थिक नीति अझै तयार भइसकेको छैन। केन्द्रीय समितिमा विधानमाथि दफावार छलफल गरी विधान मस्यौदाका केही प्रावधान परिमार्जन गरी महासमितिमा पेस हुने केन्द्रीय सदस्य हुमागाईंको भनाइ छ। बैठकमा केन्द्रीय सदस्यहरूले विधान संशोधन मस्यौदामा केन्द्रित रहेर आफ्नो धारणा राखिरहेका छन्।











प्रतिक्रिया