कांग्रेस जिल्ला सभापति भेलामा ३८ बुँदे घोषणापत्र जारी

0
Shares

शालिकराम चालिसे, नुवाकोट ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दुर्इ दिने भेला ३८ बुँदे घोषणापत्र जारी गर्दै बिहिबार सम्पन्न भएको छ ।
नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले पार्टीको विधान मस्यौदा समिति र समसामयिक राजनीतिक घटनालाई समेटेर ३८ बुँदे घोषणापत्र जारी गरेको हो । जिल्ल्ला सभापतिका सुझाव अनुसार जिल्ला संसदीय बोर्डले स्थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारको सिफारिस केन्द्रीय संसदीय बोर्डले गर्नुपर्ने सुझाव दिइएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केशीले बताए ।

सुझावमा पदाधिकारीको संख्या बढाउनुपर्ने, मनोनीत गर्नुपर्ने अधिकार केन्द्रीय सभापतिदेखि टोल सभापति सम्मलाई समान रूपले दिने व्यवस्था गर्नुपर्ने, माथिल्लो सदस्यले मनोनीत गर्नेमध्ये २ कार्यकाल पूरा गरेका तल्लो निकायका सभापतिहरूमध्येबाट २५ प्रतिशत रहनुपर्ने, समानुपातिकबाट एकपटक मात्र अवसर दिइनुपर्ने लगायतका सुझावहरू दिईएको खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठले बताए ।

भेलाले नेपाली काँग्रेसको सबै तह र संगठनलाई लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, संघीयता, विधिको शासन, मानवअधिकार, लगायतका विश्वव्यापी लोकतन्त्रिक मूल्य मान्यताको संरक्षणमा सजग र सचेत रहन अपिल गर्दै सशक्तप्रतिपक्षको भूमिका निर्वाह गर्दै अगाडी बढ्न सबैलाइै आग्रह गरेको छ ।

भेलाले जनताको सार्वजनिक चासो, भावना र जनजीवनलाई कत्तिपनि ख्याल नगरी राष्ट्रपति, राष्ट्रिपति कार्यालयलाई गम्भीर विवादमा ल्याउने गरी सरकारले जग्गा तथा भवन अतिक्रमण, सवारी साधन खरिद तथा सार्वजनिक आवागमनमा समेत प्रभावित बनाउदै भइरहेका क्रियाकलापप्रतिे घोर भर्सना समेत गरेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेका वर्तमान संघीय, प्रदेस र स्थानीय सरकार राज्यको ढुकुटी दुरुपयोग गर्दै आफ्नो कार्यकर्ता पोस्ने काममा अभिसप्त रहेका भन्दै बैठकले घोर भर्सना समेत गरेको छ ।

त्यस्तै संबिधानको मर्म अनुसार संघीयताको अभ्यास, अधिकारको बाढबाड तथा बजेट बिनियोजनमा वर्तमान सरकारले देखाएको अनुदारता र हस्तक्षेपकारी भूमिका निमाएको,देशमा बढ्दै गएको महंगी, कालोबजारी, पेट्रोलिएम पदार्थको हचुवा मुल्य वृद्धि, हत्या, हिंसा, बलात्कार,दण्डहिनता, भ्रष्टाचार, कुशासन एवम् सत्ता निरुंकुशतालाई प्रश्रय दिएको र अबैज्ञानिक एवम् विवेकहीन ढंगबाट जनतामाथी थोपरिएको अस्वभाविक कर बृद्धिलाई अभिलम्ब फिर्ता लिन बैठकले सबैतहका सरकारलाई समेत आग्रह गरेको रसुवा जिल्ला सभापति पेम्बा छिरिङ तामाङले बताए । जिल्ला सभापतिहरुको कैठकले गरेको निर्णय केन्द्रिय सभापति शेरबहादुर देउवा मार्फत केन्द्रिय कार्यसमितिमा पेश गरिनेृ बताइएको छ ।