हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा– १५, रातोमाटेस्थित चेकपोष्टमा हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको सुमोका यात्रीबाट गाँजाको धुलो बरामद गरेको छ ।
ना. १ ज ६१११ नम्बरको सुमो चेक गर्दा चालकको पछाडिपट्टिको सिटमुनि ३ वटा बोरामा २४ किलो २ सय ग्राम गाँजाको पाउडर लुकाइराखेको फेला पारी उनीलाई पक्राउ गरिएको हो ।
बीरगञ्ज–२ बस्ने वर्ष २१ का विश्वास क्षेत्रीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न पर्साको सुगौली पटेर्वा– ५ बस्ने वर्ष ३६ का बिनोद गिरी र पर्साकै कालिकामाई–५ बस्ने वर्ष २२ का वृतकुमार गिरीलाई पर्साको संग्रामपुर चौकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ना. ४ प ६४६९ नम्बर मोटरसाइकलसहित हेटौंडा ल्याएर लागुऔषध नियन्त्रण ऐनबमोजिम आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया