धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा बिद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गत आइतबार बाट बिद्युत अवरुद्ध हुँदा सदरमुकाम रुकुमकोटका साथै सिस्ने गाँउपालिकाको छिप्रीदह, टाकुरा, बाहुनठाना, पोखरा, स्यालापाखा समेत अन्धकार छ ।
यसै गरी रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकाको वडा नं १ र २ समेत अन्धकार छ । स्थानीय स्तरमा रहेका साना उद्योग, कलकारखाना समेत बन्द भएको स्थानीयले बताएका छन् । यसै गरी दैनिक प्रशासनिक काम समेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।
बिद्युत मेसिनमा बिग्रँदा समस्या भएको बिद्युत बितरण केन्द्र रुकुमकोटका अनुसार बिद्युत सुचारु हुन १५ दिन लाग्ने छ । बिग्रीएको सामान थाइल्याण्डबाट आउनुपर्ने भएकोले समय लाग्ने रुकुमकोट बितरण प्रमुख बिरेन्द्र मल्लले बताउनुभयो । बिद्युत नहुँदा मोवाइल चार्जको लागी पनि समस्या भएको छ ।











प्रतिक्रिया