पाल्पा ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले गएको कार्तिक महिनामा ८ सय ७७ जनालाई नागरिकता वितरण गरेको जनाएको छ ।
कार्यालयका अनुसार यो आर्थिक वर्षमा यो समेत गरी जम्मा २ हजार ३ सय ६५ जनालाई नागरिकता वितरण गरिसकिएको छ । यो गत आर्थिक वर्षको सोही महिनाको तुलनामा १० दशमलव ४ प्रतिशतले कमी हो ।
कार्यालयले जनशान्ति सुरक्षा, नागरिकता वितरण, राहदानी सिफारिश एवं वितरण, एमआरपी पासपोर्ट लिनको लागि सूचना प्रवाह, राहत वितरण, सर्वदलीय बैठक, सर्वपक्षीय बैठक आयोजना, बजार निरीक्षण, सुशासन, अनुगमन निरीक्षण तथा अन्य नियमित कार्यहरु गरिरहेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले वताए ।
यस आर्थिक वर्षमा द्धन्द प्रभावित र दैवी प्रकोपमा परेका २५ जनालाई १ लाख ४९ हजार रुपैया वितरण गरिएको छ ।
कार्यालयले वजारमा कृतिम अभाव, कालो बजारी हुन गर्न नदिन बजार अनुगमन गरिएको र विभिन्न व्यक्तिलाई कार्वाही गरिएको प्रमुख जिल्ला अधिकारी खनालले वताए ।











प्रतिक्रिया