मधेशवादी दलको नीतिप्रति मधेशी महिला नै आक्रोशित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश नम्बर दुई सरकारले यो प्रदेशमा सबै चेलीबेटीहरुको सुरक्षाका लागि शिक्षाका लागि भन्दै संचालन गरेको बेटी पढाइँ बेटी बचाइँ अभियानमा गैर मधेशीलाई राख्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

पूर्व राज्यमन्त्री समेत रहेकी वीरगन्जकी पूर्व साँसद करिना बेगमको नेतृत्वमा वीरगन्जका मधेशवादी दलका कृयाशिल नेतृहरुले वीरगन्जमा प्रर्दशन गरेका छन् । खासगरी मुख्यमन्त्री लालबावु राउतले यो अिभयान आफू मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनापछि नै मधेशमा संचालन गर्ने निर्णय गरेका थिए । यो अभियानमा मधेशमा रहेको महिलामाथिको सबै बिभेद अन्त्य गर्ने लक्ष्य सरकारले लिएको छ ।

अभियान्ताको रुपमा नायिका रेखा थापालाई प्रश्ताव गरिएको कुरा चर्चामा आएपछि यहाँका मधेशवादी महिलाहरुले त्यसको बिरोध गरेका हुन् । मधेश आन्दोलनका क्रममा आफूहरु रातदिन नभनी ज्यानको समेत बाजी राखेर आन्दोलन गर्ने अहिले अवसर दिँदा गैर मधेशी महिलाई दिइनु निकै आपत्तिजनक कुरा भएको महिला नेतृ बेगमले बताइन् ।

उनले यो अभियानमा मधेशवादी महिलाहरुलाई सहभागी गराउनु पर्ने बताइन् । मधेशी महिलाहरुनै यो अभियानका लागि सक्षम रहेको भन्दै प्रदेश सरकार र पार्टीबाट गैर मधेश महिलालाई यो अभियानमा सहभागी गराइने आफूहरुले सहयोग नगर्ने उनले बताइन् ।

यद्यपी मुख्यमन्त्री राउतले भने मधेशका महिलाहरुमा सबै प्रकारको चेतना आवश्यक भएकाले आफूहरुले नायिकालाई यो अभियानको मुख्य अभियान्ता हुने मात्रै सोच राखेको बताए । मधेशमा ब्यप्त अशिक्षा,अज्ञानता,दाइजो प्रथा लगायतका सामाजिक कुरिती बिरुद्ध हाल प्रदेश सरकारले यो अभियान संचालन गरेको छ यद्यपी यो प्रभावकारी भने हुन सकेको छैन।