नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौको बालाजुबाट २ दिनअघि अपहरणमा परेका एक ८ वर्षीय बालक बिहीबार मृत फेला परेका छन् ।
बालाजुस्थित स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुवँरका ८ वर्षीय छोरा प्रयास कुँवरकोसोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र कार्कीले अपहरणपछि हत्या गरेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
महाशाखा प्रमुख सिंहका अनुसार बालकको शव बिहीबार बालाजुकै मैपीस्थित मित्रनगरको एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो ।
प्रहरीले बालक अपहरणमा संलग्न कार्कीलाई बिहीबारै पक्राउ गरी आवाश्यक कारावाही प्रकृया अघि बढाउको जनाएको छ ।











प्रतिक्रिया