बिष्ण तिमिल्सिना, बर्दिया ।
सामुदायिक सारथी संस्थाद्धारा मधुवन नगरपालिकाको बेलवामा तीन दिने स्थानीय प्रजातीका माछाहरुको महत्व संरक्षण र दिगो उपभोग सम्बन्धी तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा गेरुवा गाँउपलिका र ठाकुरबाबा तथा मधुवन नगरपालिकामा गठित नदीमा आश्रीत पानी उपभोक्ता समुहमा १५ वटा संस्थाका ३० जनाको सहभागिता रहेको थियो । तालिममा तल्लोकर्णाली जलाधार क्षेत्रमा रहेका स्थानीय प्रजातिका माछाहरुको पहिचान, संक्षरण र दिगोउपभोग सम्बन्धी बिषयमा सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरीएको थियो ।
तालिमको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्ण कुष्मा थारुले गर्नु भएको थियो भने सारथी संस्थाका अध्यक्ष तारा भन्डारी र सहजकर्ता ज्ञान यञ्जनले गर्नु भएको थियो ।
त्यसैगरी सामुदायि संस्थाबाटै गेरुवा गाँउपालिका र मधुवन र ठाकुरबाबा नगरपालिकाका नदी आश्रीत १५ वटा पानी उपभोक्ता समुहका ३० जना सहभागिका लागि छुट्टै तालिम सम्पन्न भएको छ । उक्त तालिममा पुष्कार पोखरेल, तारा भन्डारीले सहजीकरण गरेको कुरा जिल्ला संयोजक हरीचन संध्यालले जानकारी गराउनु भयो ।











प्रतिक्रिया