मोतीराम तिमल्सिना, काभ्रे ।
‘लैगिंक हिंसा र दुब्र्यवहार, छैैन हामीलाई स्वीकार’ भन्ने नारा सहित सामुदायिक बन उपभोक्ता महासंघ काभ्रे र जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२७ औ अन्र्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको पाँचौ दिन जिल्लामा रहेको सरोकारवालाहरुको उपस्थितीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रदेश सभा सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै सांसद भुर्तेलले महिलाहरुले गुनासो मात्रै गर्ने नभई अधिकारलाई सहि स्थानमा प्रयोग गर्नु पर्ने बताईन् ।
स्थानीय सरकारका उपप्रमुखहरु तथा उपाध्यक्षहरु महिला भएकाले महिला मैत्री बजेट, न्यायीक समितिको अधिकार तथा अन्य क्षेत्रको अधिकारलाई सहि स्थानमा प्रयोग गर्नु पर्ने तर गुनासो नागरिकहरुलाई गर्नु नहुने सांसद भुर्तेलले बताईन् । सरकारका प्रतिनिधि नै गुनासो गर्ने भएपछि नागरिकहरुले कसलाई सुनाउने आफ्नो गुनासो ? उनले भनिन् ।
समन्वय समितिका उपप्रमुख मञ्जु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समन्वय समितिका प्रमुख उद्धव केसीले सबै क्षेत्रको हिसा अन्त्यका लागि सबैको खवरदारी खावश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले मुलुकको सम्वृद्धीका लागि हिंसा अन्त्य गरी लैङ्गिक समानता सहितको बजेट विनियोजन गर्नु पर्ने बताए । एसपी रविराज खड्काले प्रहरीले मात्रै हिंसा अन्त्य गर्नु पर्छ भन्ने सोचलाई अन्त्य गरी हिंसा न्युनिकरणका लागि सबै पक्ष सक्रिय हुनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, संघीय समाजवादी फोरमका उपाध्यक्ष विरबहादुर लामा, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, विभिन्न क्षेत्रका ब्यक्तिहरुले महिला हिंसा अन्त्यका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए । सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य शान्ता न्यौपानले महिला हिंसा रोक्न जिल्लामा १७ बुँदे प्रतिवद्धता तयार गरी बाचन गरेकी थिईन् ।
प्रतिवद्धता पत्रमा सहभागि सबैले हस्ताक्षर गरेर प्रतिवद्धता ब्यक्त गरेका थिए । प्रदेश नम्वर ३ का अध्यक्ष विनोद सापकोटा, समन्वय अधिकारी कोमल धमला लगायतले जिल्लाको विषय बस्तुमा जानकारी गराएका थिए । काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७३÷२०७४ मा जर्बजस्ति करणी २५ वटा, उद्योग १५ वटा भएका छन् भने ज्यान मार्ने उद्योग ३ वटा, कर्तब्य ज्यान ५ वटा, बहुविवाह २२ वटा, बाल विवाह २ वटा, विष सेवन १९, झुण्डिएर ३८, बोक्सिको आरोप ३ वटा, अप्राकृतिक मैथुन २, ठाडो उजुरीमा घरेलु हिंसा लगायत २ सय ३० वटा निवेदन दर्ता भएका छन् ।
मिलापत्र ८७ वटा भएका छन् भने २० वटा उजुरी अदालतमा पठाईएको महिला सेल प्रमुख सई सिता श्रेष्ठले बताईन् । वर्षेनी महिला हिंसा र महिलासँग सम्वन्धीत घटनाहरु बढ्दै गएको तथ्याङ्गले देखाएको छ ।











प्रतिक्रिया