अनिल खत्री, गुल्मी ।
गुल्मीमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षिय प्रेम बहादुर कार्कीलाई जिल्ला अदालत गुल्मीले आठ बर्ष कैद फैसला सुनाएको छ । न्यायधिश राम प्रसाद न्यौपानेको इजलासले कैदसँगै ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध भराउने फैसला गरेको श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।
कार्कीलाई मुलुकी जवरजस्ती करणीको महल १ र ३ (२) बिपरित कसुर गरेकोले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए । पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।
उजुरी लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारवाही अघि बढाएको थियो ।











प्रतिक्रिया