यमलाल भुसाल, बुटवल ।
तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीमा रहेको पशुसेवा कार्यालय डोजर लगाएर भत्काईएको छ । वडा कार्यालयको निर्णय र अध्यक्षको आदेशमा पशुसेवा कार्यालयमा डोजर लगाईएको कार्यवाहक अध्यक्ष देवीलाल पंगेनीले बताउनु भयो । उक्त पशुसेवा कार्यालयबाट सेवा सञ्चालनमा नरहेको तथा वडा कार्यालयलाई व्यबस्थित गर्नकालागि भत्काईएको उहाँले बताउनु भयो ।
सरकारी कार्यालयहरुलाई थप व्यबस्थित गर्दै लैजानु पर्नेमा, भएका कार्यालयलाई मनोमानी भत्काउनु गैरजिम्मेवारी भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनु भयो । पशुसेवा कार्यालय भत्काईएको बारेमा आधिकारिक जानकारी नआएपनि भत्काउने काम भएको प्रति आफ्नो आपत्ति रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘सरकारी संरचना भत्काउनु गलत हो, भत्काउनै परेपनि त्यसको प्रकृया हुन्छ, त्यो पुरागरेपछि मात्रै भत्काउन पाईन्छ ।’
नगरपालिकाले आवश्यक छानविन गरि त्यसबारे सार्वजनिक गर्ने समेत प्रशासकीय अधिकृत सापकोटाले बताउनु भयो ।











प्रतिक्रिया