फोहरमैला व्यवस्थापन केन्द्र बन्ने क्षेत्रमा विशेष कार्यक्रम

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रका वासिन्दाका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाले केन्द्र निर्माण हुने क्षेत्रका वासिन्दाका लागि शिक्षा, स्वास्थ्य र रोजगारी सहितको विशेष कार्यक्रम बनाउन लागेको हो ।

‘भीमदत्तलाई ग्रिन सिटी क्लिन सिटी बनाउने लक्ष्य लिएर फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि अघि बढेका छौ, त्यसका लागि स्थान यकिन गर्न छलफल गरिरहेका छौ’ उनले भने,‘सर्वदलीय संयन्त्रणबाट निर्णय गरिएका स्थानमा फोहरमैला व्यवस्थापन केद्र बनाउन छलफल जारी छ, त्यो क्षेत्रका वासिन्दाका लागि नगरपालिका विशेष प्याकेज सहितको कार्यक्रम बनाउँछ ।’

सबै सरोकारवालासित छलफल गरी विज्ञ टोलीको सुझावका आधारमा केही दिनमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने स्थान यकिन हुने नगर प्रमुख विष्टले बताए ।

एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा नगरपालिकामा सञ्चालन गरिएको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्र्तगत ६२ करोडमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको हो । क्षेत्रीय सहरी विकास कार्यक्रम अन्र्तगत व्यवस्थापन केन्द्र सहित ३६ किलोमिटर पक्की सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण लगायतका कार्यक्रम छन् ।

भीमदत्त नगरपालिका वडा नं। ८ र ९ मा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान छनौट गरिएको हो । ती दुबै वडाका स्थानीयलाई धनकुटा, हेटौडा, नेपालगञ्ज लगायतका स्थानमा अवलोकन भ्रमण समेत गराइएको छ ।

भीमदत्त नगरपालिका सहित एशियाली विकास बैंक, परामर्शतादाता, क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई सहित सरोकारवालाले मंगलबार ती स्थानमा स्थलगत अवलोकन गरेका छन् । भीनपा वडा नं। ३ खन्ने खोला क्षेत्रमा पनि टोलीले अवलोकन गरेको छ ।

भीनपाका नगर प्रमुख विष्टले सबैलाई अवलोकन टोलीका सहभागीहरुलाई जानकारी गराए । भीनपा वडा नं। ९ का गणेशराज अवस्थीले स्थानीयसित छलफल गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा समान बुझाई बनाउन सकिने बताए । केन्द्र निर्माण हुने क्षेत्रका वासिन्दालाई त्यसका फाइदा सम्बन्धी जानकारी लिन नगरपालिकाले भ्रमणमा लैजानु पर्ने उनले बताए ।

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा सबै राजनीतिक दल एकमत छन् । गत महिना नगरपालिका कार्यालयमा गरिएको सर्वपक्षीय कार्यक्रममा दलहरुले केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले आयोजना सञ्चालनका लागि कार्यालयबाट सबै किसिमका सहयोग हुने बताए । भीनपा वडा नं। ८ का अध्यक्ष ध्वज बहादुर विष्टले स्थानीयले फोहरमैला व्यवस्थापन केन्द्र सम्बन्धी प्रष्ट हुँदै गएको बताए ।