होलाङदी– ढुंगाखानी सडक वाइपासका व्यापारीद्धारा विरोध

0
Shares

पाल्पा ।
वुटवल र पश्चिम गुल्मी अर्घाखाँचीबाट छुटेका गाडीहरु यस अघि जिल्ला सदरमुकाम तानसेन भएर आउने जाने गरेकोमा अव तानसेन नपसी सिधै गन्तव्य तर्फ जान लागेकोमा यहाका व्यापारीले विरोध गरेका छन ।

वाइपासका कारण तानसेनका व्यापारी, व्यवसायीहरु विस्तापितहुनुपर्ने अवस्था सिर्जना भएको भन्दै व्यापारीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले आपत्ति जनाएको छ ।

तानसेन नजिकैको होलाङदी–ढुंगाखानी सडक वाइपासका कारण तानसेनको व्यापार व्यवसायीमा गिरावट आउन थालेपछि स्थानीय व्यापारी, व्यवसायीहरु विस्थापित हुने अवस्था आएको भन्द उनीहरुले विरोध जनाएका हुन । पाल्पा उद्योग वाणिज्य संघले पूरानै अवस्था अनुसार यातायात संंचालन हुनुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी र तानसेन नगरपालिकामा ज्ञापन पत्र वुझाएको छ भने पाल्पा व्यापार संघले संघले विज्ञप्ती मार्फत आपत्ति जनाएको हो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले वाइपास मार्ग प्रयोग गर्दा यहाको व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भएकाले विरोध गरेको वताए । उनले संघीयता अनुसार गाउमा मुकामहरु हुदा त्यसै पनि मर्कामा परेका व्यवसायीहरु झन वाइपासको मार्ग प्रयोग हुदा निकै नै तनाव र चिन्तामा रहेको वताए ।

उता पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा संंघीय संरचनाका कारण सुविधा विकेन्द्रीकरण हुँदै जाँदा तानसेनको व्यापार व्यवसाय खस्कदै गएको बेला होलाङदी–ढुंगाखानी सडक वाइपासका कारण यातयातका साधन आवगमनमा अवरोध आएपछि तानसेनको व्यापारमागिरावट आएको संघका अध्यक्ष चिरञ्जिवी पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

व्यापारीक संगठनहरुले े पश्चिम तथा गुल्मीबाट पाल्पा हुँदै बुटलव, काठमाडौं र पोखरा जाने यातायातका साधन नगरक्षेत्रको बाटो प्रयोग गर्न नदिई ढुंगाखानीबाट वाइपासका नाममा होलाङदी मोडमा पठाईदा व्यापार व्यवसायमा गिरावट आउनुकोसाथै पश्चिमबाट सार्वजनिक यातायात प्रयोग गरी आउने पर्यटक र विरामीहरुलाई असुविधा भएकाले पुरानै रुट प्रयोग गरी यातायात सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

यस अघि ढुंगाखानी, बतासेडाँडा, पेट्रोलपम्प, बसपार्क हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुड्ड आवत–जावत गर्ने गरेकोमा स्थानीयवासीको आन्दोलनका कारण स्थानीय प्रशासनको पहलमा होलाड्डदी–ढुंगाखानी सडक वाइपासबाट यातायात सञ्चालन गर्ने निर्णय भएको थियो ।