विनोद सिंह विष्ट, बैतडी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले अहिलेको सरकारले गरिरहेको कामकार्वाही प्रभावविहीन रहेको बताएकी छन्। नेपाल प्रेस युनियन बैतडीले बुधवार पाटनमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारका अहिलेका गतिविधी हेर्दा काम भन्दा पनि गफमा बढी केन्द्रित भएको आरोप लगाएकी हुन् ।
अखिल नेपाल महिला संघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहनुभएका डाक्टर संग्रौलाले नेपालका महिलाहरु अझै सुरक्षित हुन सकेका छैनन् उनले भनिन्“देशमा बलात्कार, महिला हिंसा,हत्या दिनप्रतिदिन बढ्दैछन् सरकार मुकदर्शक बनेको छ । ”
हिंसाका घटनाहरु बढ्दै गएको भएपनि दोषीलाई कार्वाही गर्न सरकार उदासीन देखिएको उनको भनाई छ ।
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त बलात्कारपछी हत्या भएको ४ महिना बितीसक्दा समेत हत्यारालाई पत्ता लगाउन नसक्नुमा सरकारनै दोषी रहेको ठोकुवा गर्नुभयो । उनले भनिन् “उक्त घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको नै हात रहेको छ । ”
एक फरक प्रसंगमा उनले संविधानमा उल्लेख गरिएको महिलाको ३३ प्रतिशत सहभागीताको लागी अखिल नेपाल महिला संघ सबै लागिपरेको बताईन्। ।
जनताको हितमा काम गर्न छोडेर अहिले सरकार आफ्ना कार्यकर्तामुखी भएको समेत उनलेआरोप रहेको छ ।
डाक्टर संग्रौला निर्मलाको न्यायका लागी सबैले जुट्नुपर्ने भन्दै केही दिनदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा अभियानका रुपमा नै लागेका छन् ।











प्रतिक्रिया