पौषमा १७ औं सेञ्चुरी ल्होसार मेला हुने

0
Shares

पोखरा,
अन्नपुर्ण गाँउपालिका वडा नं ११ घान्द्रुकको छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले आउँदो पौष महिनामा १७औं स्ेञ्चुरी ल्होसार मेला—२०७५ गर्ने भएको छ ।

यहि आउँदो पौष ५ गतेदेखि १० गतेसम्म गुरुङ जातिहरुको महान पर्वको अवसर पारी तमु ल्होसार मेलाको आयोजना गर्न गईरहेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए् ।

“ब्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापनाकालको समयदेखि नैं पुरुष भलिवल÷बास्केटबल, महिला भलिबल, पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

बिभिन्न प्रतियोगिता मध्ये क्लब स्तरिय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ६० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र हात पार्ने छन भने द्धित्तिय स्थान ल्याउनेले ४० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र पाउर्ने छन् ।

यसै गरि महिला भलिबल तर्फ प्रथम स्थान प्राप्त गर्नेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र र दोश्रो स्थानको लागि ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र रहेको छ । पौढ भलिबलको लागि प्रथम २० हजार द्धित्तियको लागि १० हजार नगद सहित मेडल र प्रमाण—पत्र प्रदान गरिने मेलाका संयोजक राजकुमार गुरुङले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष मिकास गुरुङ अध्यक्ष रहने गरि राजकुमार गुरुङलाई स्ेञ्चुरी ल्होसार मेला २०७५ को संयोजक चयन गरिएको छ । पुरुष भलिवल संयोजकमा आसशहादुर गुरुङ र उप—संयोजक प्रमित गुरुङ छन भने पुरुष बास्केटबलमा संयोजकमा रविन थापा र उप—संयोजक बिकल गुरुङ रहेका छन् । महिला भलिवल संयोजकमा अनिश गुरुङ र उप—संयोजक सोदेश गुरुङ रहेका छन् ।

त्यस्तै आर्थिक संकलन संयोजकमा श्याम गुरुङ र उप—संयोजक हिम गुरुङ, प्रचार प्रसार संयोजकमा जगदिश गुरुङ र उप—संयोजक हिमान र सुवास गुरुङ, टेक्निकल संयोजकमा मनिश गुरुङ र उप—संयोजक बिक्रम गुरुङ र मिलन घल,े अतिथि ब्यवस्थापनमा हिमाल गुरुङ, सास्कृतिक कार्यक्रम संयोजकमा हितु गुरुङ र प्रिति गुरुङ साथै मेडिकल संयोजकमा जुमकाजी गुरुङ रहेको सेन्चुरी युवा क्लबका सचिव दिपक गुरुङले बताए ।