दिप प्रज्वलन गर्दै सामाजिक सुरक्षा कार्यक्रमको सिन्धुलीमा स्वागत

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीका श्रमजीवी मजदुरहरुले सरकारले मंगलवार घोषणा गरेको योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रमलाई स्वागत गरेका छन् ।
नेपाल निर्माण मजदुर समिती सिन्धुलीले मंगलवार साँझ सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गर्दै सामाजिक सुरक्षा कार्यक्रमको स्वागत गरेका हो । सामाजिक सुरक्षा कार्यक्रम सरकारले घोषणा गरेसँगै जिल्लाका श्रमजीवि मजदुरहरुमा नयाँ उत्साह थपिएको देखिन्छ ।

धेरै तामझामका साथ घोषणा गरिएको सामाजिक सुरक्षा योजना श्रमिकका लागि ठूलो अवसर भएको निर्माण मजदुर जिल्ला समितीका अध्यक्ष कर्णबहादुर कार्कीले बताए । सवै मिलेर सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्न सके श्रमजीवी मजदुरका लागी ठुलो राहात पुग्ने समितीका अध्यक्ष कार्कीको भनाई छ ।

‘अहिलेको सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमले सामाजिक रुपान्तरणको कामलाई अघि बढाएको छ, यसलाई सफल कार्यान्वयन गरेमात्रै सवै श्रमिकको भविष्य सुरक्षित हुन्छ’ अध्यक्ष कार्कीले भने ।

सरकारले श्रमिकको योगदानको सम्मान गरेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कार्कीले सामाजिक सुरक्षा कार्यक्रम स्वागत योग्य बताए ।

कार्यक्रमको स्वागतका लागी गरिएको दिप प्रज्वलन कार्यक्रममा जिल्लाका श्रमजीवी मजदुरहरु तथा श्रम संगठनमा आवद्व मजदुरहरुको उपस्थिती रहेको थियो ।