दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका भित्र रहेका नौ वटै वडाका टुहुरा वालवालिकाहरुलाई न्यानो लुगा वितरण गरिने भएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत उनिहरुलाई न्यानो लुगा वितरण गर्ने नगरकार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
प्रत्येक वडाबाट लगत संकलन गर्दा आमा र बुवा नभएका टुहुरा वालवालिका भेट्टीए उनिहरुलाई न्यानो लुगा वितरण गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले जानकारी दिए । यस्तै बैठकलेमा गत मंसिर ७ गते मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ तेछ्र्यालेकमा भएको बस दुर्घट्नामा परी घाइते भएका व्यक्तीहरुको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले रु १ लाख सहायता रकम उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए ।
नगर प्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्र भित्रका पर्यटकिय स्थलहरुलाई जोड्ने गरी श्रीबगड, मलेरा, छापरी कोट, कौतोली हुदै धम्पनेरा, डुङरी सडकको डिपिआर तयार गर्ने बारेमा समेत बैठकले निर्णय गरेको प्रवक्ता जोशीले जानकारी दिए । सो सडकले श्रीबगड तातोपानी, नगरपालिकाले यसै आर्थिक वर्षमा निर्माण गर्ने छापरी भ्यु–टावर र डुङरी मन्दिरलाई जोड्ने बतइएको छ ।
यसैगरी महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टबाट महेन्द्र नमुना माविले यसै शैक्षिक सत्र देखी संचालनमा ल्याएको तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गका लागी आवश्यक पर्ने प्राविधिक उपकरणहरुको रकम उपलब्ध गराउने घोषणा गर्नु भएको रकम नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरिएको उनको भनाई छ । नगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुको शैक्षिक भौतिक लगायतका विषयहरुको अध्ययन गरी प्रतिवेदन तयार गर्न सामाजिक विकास समितिका संयोजक पुष्करराज जोशीको संयोजकत्वमा सामाजिक विकास समितिका सदस्यहरु सदस्य रहने गरि कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकमा महाकाली नगरपालिका घर नक्सा पास सम्बन्धि कार्यविधि २०७५, अपांगता भएका व्यक्ती€को परिचय पत्र वितरण सम्बन्धि कार्यविधि २०७५ पारित गरिएको छ, भने उपभोक्ता समिति गठन, परिचालन र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ लाई संसोधन गरिएको छ ।
कार्यविधि संसोधनले उपभोक्ता समितिमा नियमिति रुपमा एकै व्यक्ती पदाधिकारी बस्ने परिपाटीको समेत अन्त्य भएको छ । बैठकमा महाकाली नगरपालिका वडा नम्बर ५ को नमस्कारमा रहेको तिंकर गुम्बा निर्माणका लागी डिपिआर तयार गर्ने निर्णय भएको प्रवक्ता जोशीले जानकारी दिए ।
नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित बनाउन सडक वत्ती जडान गर्ने समेत बैठकमा निर्णय भएको उनले जानकारी दिए ।











प्रतिक्रिया