झुठो समाचार सम्प्रेषण गर्ने अनलाइनका सम्पादक पक्राउ

0
Shares

काठमाडौं ।
झुठो समाचार सम्प्रेषण गर्ने अनलाइनका सम्पादक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द रहेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले झुठो समाचार सम्प्रेषण गरेको आरोपमा मनमैजुबाट पक्राउ गरेको हो ।

उनले चिवनको कृष्ण चोकमा स्थानीयले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खुकुरी प्रहारको प्रयास भएको भनि झुठो समाचार लेखेका थिए ।

अनुसन्धानका क्रममा चन्दले अर्को अनलाइनबाट उक्त सामग्री साभार गरिएको दाबी गरेको प्रहरी जनाएको छ । चन्दलाई विद्युतीय कारोबार ऐन अन्तरगत अनुसन्धान थालिएको छ ।