ज्योतिको घर ९ औं बर्षमा

0
Shares

काठमाडौं ।
बालबालिकाको शिक्षा क्षेत्रमा योगदान गर्दै आएको ज्योतिको घर नेपाल ९ औं बर्षमा प्रवेश गरेको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले बालबालिकाले शिक्षा पाउने मौलिक हकमाथि यस किसिमका संस्थाले गरेको सहयोगी कार्यको प्रशंसा गर्नुभयो ।

नेपालले शिक्षा पाउने अधिबारबाट बञ्चित विद्यार्थीलाई पनि बिद्यालयभित्र ल्याएर पढ्ने वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताउनुभयो । ज्योतिको घर नेपाल गोकर्णेश्वर नगरपालिकामा रहेको छ ।

संस्थाका अध्यक्ष बिजय लामाले अहिले ५ सय ५ विद्यार्थीलाई अध्ययन गराइरहेको जाकारी दिनुभयो । ‘ विशेष गरी घर परिवारबाट वेवास्ता गरिएका, दुर्गम क्षेत्रमा जन्मिएर पढाइको अवसर नपाएका र असहाय बालबालिकालाई पढाएका छौं’ अध्यक्ष लामाले भन्नुभयो ‘ शिक्षाको ज्योतिबाट बञ्चित बालबालिकालाई हामीले एकातिर पढ्ने वातावरण बनाएका छौं भने अर्कोतिर पढ्न चाहनेलाई सहयोग गरेका छौं ।’ कार्यक्रममा बालबालिकाको शिक्षा क्षेत्रमा प्रतक्ष्य र अप्रतक्ष्य सहयोग गर्ने संस्था तथा व्यक्ति गरी १७ जनालाई सम्मान गरिएको छ । ज्योतिको घरकै सहयोगमा डिग्री सकेका २ जनालाई पनि सम्मान तथा बिधाई गरियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य र गायन पनि प्रस्तुत गरिएको थियो । गायक प्रमोद खरेलले गीत गाएर मनोरञ्जन दिनुभएको थियो भने नायक राजेश हमाललाई पनि खरेलको गितमा नचाइयो । संस्थामा राखेर पढाउन नमिल्ने कतिपय ब्यक्तिलाई अध्ययनको लागि सहयोग गरिएको अध्यक्ष लामाको भनाई छ । विद्यार्थीहरु विभिन्न बोडिङ स्कुलमा पढाइएका छन् ।

अध्यक्ष लामाले पछिल्लो समयमा बालबालिकामाथि आक्रमण हुँदै आएको र उनीहरुको जिबन असुरक्षित बन्दै गएको भन्दै सरकार र सरोकारवाला निकायलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । संस्थाले आफूले पनि यस बिषयमा सक्रियता लिने जनाएको छ ।