बालविवाह र सम्बन्धविच्छेदले विग्रिदै घरबार

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा पछिल्लो समय वालविवाह र सम्बन्ध विच्छेदका घटनामा वृद्धि आएको छ । बदलिदो परिस्थिति, विश्वव्यापीकरण, सामाजिक, पारिवारिक र सास्ँकृतिक परिवतनसँगै वालविवाह र सम्बन्ध विच्छेदका घटनामा वृद्धि आएको हो ।

वालविवाहका कारण समाजमा विकृति बढ्नुका साथै सम्बन्ध विच्छेदका घटनाहरु पनि अत्याधिक मात्रामा बढ्दै गएको पाइएको छ । जिल्लामा वालविवाहको एकीन तथ्यांक नभएपनि विभिन्न संघ संस्थाले गरेको सर्वेक्षणमा झन्डै ६० प्रतिशतभन्दा बढि वालविवाह भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सल्यानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वालविवाह र सम्बन्ध विच्छेदका घटना न्यूनिकरणका लागि स्थानीय तहलाइ जिम्मेवार र वालविवाह विरुद्ध अभियान सञ्चालन गर्नु पर्ने बताएका छन् । वालविवाहकै कारण घरेलु हिंसाको शिकार महिलाहरु भएको ओरेक नेपाल सल्यानका कार्यक्रम संयोजक अशोक चौधरीले बताउनु भयो । महिलाहरु आत्मनिर्भर नहुँदा पेशा व्यवसायमा संलग्न नहुँदा महिलाहरु घरेलु हिंसाको शिकार हुन बाध्य हुने गरेको उहाँको भनाई रहेको छ ।

इन्सेकले महिला हिंसाका मात्र विषय उठाउन गर्ने भन्दा पनि शिक्षा, स्वास्थ्य, खाद्यको विषयलाई पनि प्राथमिकता साथ उठाउनु पर्ने नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले बताउनु भयो । महिला हिंसा समस्या न्यूनिकरणका लागि स्थानीय तहसँग पनि समन्वय गर्न आवश्यक रहेको औल्याए ।

इन्सेक कर्णली प्रदेश प्रमुख नारायण सुवेदीले मानवअधिकारको संरक्षणको पक्षमा वकालत गर्ने सम्पुर्ण पक्ष एक भई मानवअधिकार हन्नका घटना विरुद्ध लाग्नु पर्नेमा जोड दिए । इन्सेकले महिला हिंसाका घटनालाई मात्र उठान गर्ने भन्दा पनि खाद्यन्न, बेरोजगारी, शिक्षा स्वास्थ्य लगायतका यावत विषयदलाई उठाई रहेको बताउनु भयो ।

जिल्ला अदातल सल्यानका अनुसार चालु आर्थिक वर्षको साउन महिना देखि मंंसिर १० गतेसम्म १ सय ६४ मुद्या दर्ता भएकोमा ८३ मुद्या सम्बन्ध विच्छेदका रहेका छन् ।१५÷१६ वर्षमा विवाह गरेर १९/२० वर्षको उमेर नपुग्दै सन्तान जन्माउने अनि सम्बन्ध विच्छेदका लागि अदालत पुग्नेको सख्यां बढ्दै गएको जिल्ला अदातलका निमित्त श्रेष्टदार हरिकृष्ण राम्जाले बताए । कुटपिट, खान लाउन नपाएको, वहुविवाह लगायत कारण देखाउदै सम्बन्न्ध विच्छेदका लागि अदालत आउने गरेको उनको भनाई छ ।